1 week ago
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो।
एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।
खेलको ७६ औं मिनेटमा विनोद धमालाको गोलमा श्री कुमारीले अग्रता दोब्बर गर्यो। त्यसपछि खेल सकिन ६ मिनेट बाँकी रहँदा सुजन माझीले टुसालको लागि गोल फर्काए। तर यो गोल सान्त्वना गोलमा सिमित भयो।
श्री कुमारीको यो तेस्रो जित हो। सात खेलबाट ९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।
टुसालको भने यो चौथो हार हो। १ जित र ३ बराबरीमा उसँग ६ अंक रहेको छ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]
May 1, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]