2 weeks ago
April 21, 2025
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधिको नजिक पुगेको छ। उपाधि यात्रालाई थप मजबुत बनाउने क्रममा लिभरपुलले आइतवार लेस्टर सिटीलाई १-० ले हरायो ।
परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ट्रेण्ट अलेक्ज्याण्डर-अर्नोल्डको गोलमा लिभरपुल विजयी भयो । लेस्टर रेलिगेसनमा पर्यो ।
चोटमुक्त भएर फर्केका अलेक्ज्याण्डर-अर्नोल्डले छोटो समयमै प्रभाव पार्दै ७६औं मिनेटमा शक्तिशाली भलिमा गोल गरे । त्यसअघि मोहम्मद सालाह र डिओगो जोटाले पनि गोलका लागि प्रयास गरे ।
३३ खेलपछि लिभरपुलको ७९ अंक छ। दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको १३ अंक बढी छ।
बुधवार क्रिस्टल प्यालेससँग बुधवार आर्सनल पराजित भएको खण्डमा लिभरपुलले उपाधि जित्नेछ। लेस्टर सिटी भने १८ अङ्कसहित १९औं स्थानमा छ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]
May 1, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]