2 weeks ago
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ।
एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे।
पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र पोखराले ३ गोल गर्दै चितवनलाई स्तब्ध बनायो। पहिलो पटक प्ले अफ पुगेको चितवनको यात्रा भने इलिमिनेटरमा नै टुङ्गियो।
खेलको सातौं मिनेटमा पोखराले अग्रता बनाउने मौका गुमायो। आयुष घलानको पासमा जो आइडोले बक्सको एजबाट हानेको उत्कृष्ट प्रहारलाई चितवनका गोल किपर अमल नाइटले पन्च गर्दै बचाए। खेलको १७ औं मिनेटमा पोखराका सुदिल राईको पासमा जो आइडोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
२५ औं मिनेटमा भने चितवनले राम्रो मौका गुमायो। सुमित श्रेष्ठले बललाई उत्कृष्ट शैलीमा अगाडि बढाए। राम्रो विल्ड अप गरे। तर उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। उनले बक्स भित्र रहेका आफ्नै टिमका खेलाडीलाई पास दिन कन्जुस्याइँ गरे।
लगत्तै २८ औं मिनेटमा चितवनका भिक्टर मानसारेको सटिक पासमा टोरिक जेब्रिनले बक्स बाहिरबाट हानेको प्रहार पोखराका गोलकिपर गिल्याम प्रिसोले सानदार बचाउ गरे। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन।
खेलको ६३ औं मिनेटमा पोखराले अग्रता बनायो। आयुष घलानको पासमा स्टेफन बिनोङको पावरफुल प्रहारलाई गोल किपर अमल नाइटले बचाए। रिबाउन्डमा समिर तामाङले हानेको क्रस चितवनका डिफेन्डर अभिषेक लिम्बुलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो। पोखराले १-० को अग्रता बनायो।
७२ औं मिनेटमा पोखराले अग्रता दुगुना गर्यो। जो आइडोको प्रहार जोनाथन चितवनका जोनाथन क्याम्पबेललाई डिफलेक्ट भएर गोलमा परिणत भयो।
त्यसको ३ मिनेटपछि चन्दन कुमार दासको पासमा बक्सभित्रबाट गोल गरे। उनको यो व्यक्तिगत दोस्रो गोल हो।
८४ औं मिनेटमा चितवनले गोल अन्तर कम गर्ने उत्कृष्ट मौका गुमायो। टोरिक जेब्रिनको पावरफुल सट पोखराका किपर प्रिसोले सानदार शैलीमा बचाए। रिबाउन्डमा मिलन राईले बल प्रहार गर्नुभन्दा अगाडि बल कलेक्ट पनि गरे।
इन्ज्युरी समयको पहिलो मिनेटमा पोखराका सबस्टिच्युट नवयुग श्रेष्ठको प्रहारलाई किपर अमल नाइटले रोके। चितवन खेलमा फर्कन नसक्दा पोखराले ३-० को सहज जित दर्ज गर्यो।
अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग बुधवार फाइनल प्रवेशको लागि खेल्नेछ। पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ।
एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो।
यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याककासाथ दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो। पोखरा गत सिजन अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो। जहाँ पहिलो र दोस्रो दुवै क्वालिफायर हार्दै फाइनलमा पुग्न असफल भएको थियो।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ। टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ । […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]