default_image

2 weeks ago

April 20, 2025

एलिमिनेटरको पहिलो हाफमा पोखरा र चितवन बराबर

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा जारी खेलमा पहिलो पटक प्ले अफ खेलिरहेको चितवनका टोरिक जेब्रिन चोट मुक्त भएर फर्किए । उनले कप्तानको जिम्मेवारी निभाए । लिग चरणको खेलमा चितवनले पोखरालाई २-० ले हराएको थियो ।

खेलको सातौं मिनेटमा पोखराले अग्रता बनाउने मौका गुमायो । आयुष घलानको पासमा जो आइडोले बक्सको एजबाट हानेको उत्कृष्ट प्रहारलाई चितवनका गोल किपर अमाल नाइटले पन्च गर्दै बचाए । खेलको १७ औं मिनेटमा पोखराका सुदिल राईको पासमा जो आइडोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

२५ औं मिनेटमा भने चितवनले राम्रो मौका गुमायो । सुमित श्रेष्ठले बललाई उत्कृष्ट शैलीमा अगाडि बढाए । राम्रो विल्ड अप गरे । तर उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । उनले वक्स भित्र रहेका आफ्नै टिमका खेलाडीलाई पास दिन कन्जुस्याइँ गरे ।

लगतै २८ औं मिनेटमा चितवनका भिक्टर मानसारेको सटिक पासमा टोरिक जेब्रिनले बक्स बाहिरबाट हानेको प्रहार पोखराका गोल किपर गिल्याम प्रिसोले सानदार बचावट गरे । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।

एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो ।

आजको विजेताले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।

May 1, 2025

टुसालसँग सरस्वतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]

May 1, 2025

एपिएफ बागमती मुख्य मन्त्री कपको फाइनलमा

बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]

Success

Thank you for your time.