default_image

2 weeks ago

April 20, 2025

बार्सिलोनाको रोमान्चक जित

812 views

0 Bookmark

एजेन्सी – राफिन्हाले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपछि ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेल्टा भिगोमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

डानी ओल्मोलाई पेनाल्टी बक्स भित्र लडाइएको ठहर गर्दै पेनाल्टी दिइएको थियो । इन्ज्युरी समयको आठौं मिनेटमा त्यसलाई ब्राजिलियन फरवार्ड राफिन्हाले गोलमा परिणत गरे।

हान्सी फ्लिकको टोली बार्सिलोना ६२ औं मिनेटसम्म ३-१ ले पछि परेको थियो । १२ औं मिनेटमा फेरान टोरेसको गोलमा बार्सिलोनाले अग्रता लियो। १५ औं मिनेटमा बोर्‍हा इग्लेसियस बराबरी गोल गरे।

इग्लेसियसले ५२ औं र ६२ मिनेटमा गोल थपेर ह्याट्रिक पूरा गर्दै सेल्टालाई ३-१ ले अघि बढाए।

तर बार्सिलोनाले पुनः संगठित हुँदै दोस्रो हाफमा ४ मिनेट भित्र डानी ओल्मो र राफिन्हाले गोल गर्दै खेल बराबरीमा ल्याए । ओल्माले ६४ औं र राफिन्हाले ६८ औं मिनेटमा गोल गरे।

खेल बराबरीमा सकिने संकेत देखियो । तर अन्तिम समयमा ओल्मोलाई फाउल गरेको भिएआरबाट पुष्टि भएपछि बार्सिलोनाले पेनाल्टी पायो र राफिन्हाले गोल गरे।

३२ खेलमा ७३ अंक जोडेको बार्सिलोनाले एक खेल कम खेलेको दोस्रो स्थानको रियल म्याड्रिडलाई ७ अंकले पछि परेको छ। सेल्टा आठौं स्थानमा छ।

अर्को खेलमा लास पालामसले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १-० ले हराएको छ।

अन्य खेलमा इस्पानियोलले गेटाफेलाई १-० ले पराजित गर्यो, रायो भालेसानो र भ्यालेन्सियाले १-१ तथा मालोर्का र लेगानेसले गोलरहित बराबरी खेलेका छन्।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.