2 weeks ago
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ ।
खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल गर्ने क्लबले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मिहिनेत गर्यौं । तर एनएसएल खेलाउने रेफ्रीको स्तरनै भएन,’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने, ‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं ।’
पहिलो हाफमै १० खेलाडीमा सिमित भएको ललितपुरले धनगढीलाई २-१ ले हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ ।
तर रेफ्रीले दुई रातो कार्ड देखाएका कारण फाइनल खेलमा मणि र डियाकिटे उपस्थित हुने छैनन् । रेफ्रीको निर्णयमा अपिल गरेकाले आयोजकबाट निर्णय उल्टिए भने ती खेलाडी उपलब्ध हुनेछन् ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल बेहोरेका ललितपुरका मणिले उल्टै रातो कार्ड पाएका थिए । रेफ्रीकै स्तर र नियतमाथि अन्य टोलीले पनि प्रश्न उठाउँदै आएका छन् ।
यसअघि चितवन र पोखराले पनि सार्वजनिक रुपमै रेफ्रीको आलोचना गरेका थिए । विदेशी रेफ्री ल्याउन माग गरेपनि आयोजकले यसबारे मौन रहँदै आएको छ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]