2 weeks ago
April 19, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब
नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
नेपालगंज रंगशालामा शनिवार भारतको सिलिगुढी एफसीलाई ४-० ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो।
पुलिसको जितमा निर्मला उपाध्यायले २, मिना देउवा र कप्तान निरु थापाले समान १ गोल गरिन् । सुमन सुवेदीको प्रशिक्षणमा रहेको पुलिसले सबै गोल पहिलो हाफमै गर्यो । खेलको १३औं मिनेटमा मिनाको गोलबाट पलिसले अग्रता बनायो ।
१८ औं मिनेटमा निर्मलाले गोल गरिन् । पुलिसको लागि दोस्रो गोल गरेकी हुन् । २२ औं मिनेटमा पेनाल्टीमा पुलिसले तेस्रो गोल गर्यो । सिलिगुढीकी रक्षकले पेनाल्टी बक्सभित्र बल ह्यान्ड गरेपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी दिए। पेनाल्टीमा निरुले गोल गरिन् । निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरिन् ।
दोस्रो हाफमा भारतीय टोलीले सुधारिएको प्रर्दशन गरेपनि गोल गर्न सकेन । पुलिसकी स्ट्राइकर निर्मला प्लेयर अफ दि म्याच घोषित भइन् । निर्मलालाई शिक्षासेवी तथा आयोजक संस्था अन्तरालका सल्लाहकार लोकेन्द्र बहादुर शाह र रमादेवी शाहले ५ हजार नगद हस्तान्तरण गरेका थिए ।
पुलिसले वैशाख ९ गते अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग सेमिफाइनल खेल्नेछ । आर्मीले शुक्रवार सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगितामा आइतवार बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच तेस्रो क्वाटरफाइनल हुनेछ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]