2 weeks ago
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको दुई सशक्त टोली हुन् , ललितपुर सिटी एफसी र धनगढी एफसी।
यसपटक प्रदर्शनका आधारमा पनि दुई टोली
एनएसएल कै दुई ठूला टोली हुन्। त्यसैले यी दुई टोलीबीच आज हुने पहिलो क्वालिफायर प्रतीक्षित खेल हो। जारी लिगमा देखाएको प्रदर्शनको आधारमा यी दुईबीच नै फाइनल हुने संभावना पनि त्यत्तिकै छ।
लिग चरणको खेल सकिंदा ललितपुर एक मात्र अपराजित टोली हो । पछिल्लो दुई संस्करणमा भन्दा यो पटक ललितपुर लिग चरणमा सबैभन्दा उत्कृष्ट नतिजा निकालेको छ।
एनएसएलमा ललितपुर कुल ९ खेलमा अपराजित छ। गत संस्करणको ३ र यो पटक ६ खेल गरी लगातार ९ खेलमा टोलीले हार बेहोरेको छैन। अपराजित यात्रालाई कायम राख्दै ललितपुर फाइनल पुग्ने प्रयासमा हुनेछ ।
अर्को धनगढीले ३ जित, २ बराबरी र १ हार बेहोर्दै ११ अंक बनायो। पछिल्ला दुवै संस्करणमा फाइनल खेलेको यस पटक लिगमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको हो। धनगढीले लिगको अन्तिम खेलमा चितवनसँग ३-१ को हार बेहोर्यो।
त्यो नतिजाले कुनै असर नगर्ने भएकोले उसले आफ्नो महत्वपुर्ण खेलाडीलाई आराम दियो। जसको कारण दोस्रो रोजाइको खेलाडी उतारेको थियो। त्यो हारले मोमेन्टम गुम्यो या आराम पाएर खेलाडी अझ सशक्त रुपमा मैदानमा उत्रनेछ, यो आज साँझको खेलले बताउँनेछ।
यो पटक विदेशी खेलाडीको वर्चस्व सबै क्लबमा छ। विदेशी खेलाडीको भरमा छन्। तर ठिक विपरित ललितपुरमा भने विदेशी खेलाडीको तुलनमा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्।
ललितपुरले उत्कृष्ट टिम गेम खेलिरहेको छ। कप्तान अनन्त तामाङ, सनिश श्रेष्ठ र मणि कुमार लामाले प्रभावशाली प्रदर्शन गरिरहेका छन्।
विदेशी खेलाडी इमोह इजाकियलको प्रदर्शन पनि उत्कृष्ट छ। साथै दुई खेलमा दुई गोल गरेका जोनाथन क्यान्टिलाना पनि चोट मुक्त भएर फर्कने संभावना रहेको छ।
धनगढीमा भने रवाफ विदेशी खेलाडी कै छ। सबैभन्दा उत्कृष्ट खेल खेलिरहेका विदेशी खेलाडी अहमद हिजाजी टोलीको सबैभन्दा ठुलो अस्त्रको रुपमा रहेका छन्। उनलाई रोक्ने रणनीति ललितपुरले आज पक्कै बनाउनेछ।
५ खेलमा एक ह्याट्रिक सहित हिजाजीले ५ गोल गरेका छन्। सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन्। सर्जियो बारबोजा र नेपाली खेलाडी कृतिश रत्न छुन्जु प्रभाव पान सक्ने खेलाडी हुन्।
धनगढी र ललितपुर दुवै टोलीमा प्रशिक्षक विदेशी हुन्। जारी लिगको लिग चरणमा दुवै टोलीले गोल रहित बराबरीको नतिजा निकालेका थिए। आज यी दुई विदेशी प्रशिक्षकसँग जितको रणनीति जरुरी छ।
तीन संस्करणमा तीन पटक नै पहिलो क्वालिफायर खेल्ने धनगढी एक्लो टोली हो । यसअघि दुई क्वालिफायर जितेर फाइनलमा पुगेको थियो। प्ले अफमा धनगढी हार्न नजान्ने टिम हो। यो इतिहास हो। यसलाई कायमै राख्न धनगढीले आज उत्कृष्ट प्रदर्शन गर्नु जरूरी छ।
एनएसएलका नै दुई ठुला टोली आमने सामने हुँदा धनगढीले अहिलेसम्म ललितपुरलाई हराउन सकेको छैन। यसअघि ४ पटकको प्रतिस्पर्धामा ३ खेलमा बराबरी नतिजा आएको थियो। एक खेल गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई ३-२ ले हराएको थियो।
यी दुई बीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:०० बजे सुरु हुनेछ।
ललितपुर र धनगढीको हेड-टु-हेड
पहिलो संस्करण (लिग चरण)
ललितपुर सिटी एफसी १ – धनगढी एफसी १
दोस्रो संस्करण (लिग चरण)
ललितपुर सिटी एफसी ० – धनगढी एफसी ०
फाइनल
ललितपुर सिटी एफसी ३ – धनगढी एफसी २
तेस्रो संस्करण (लिग चरण)
ललितपुर सिटी एफसी ० – धनगढी एफसी ०
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]