2 weeks ago
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसीलाई ३ -१ ले हराउँदै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ। चितवन पहिलो पटक प्ले अफमा पुगेको हो।
योसँगै प्ले अफको समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा गत संस्करणको दुई फाइनलिष्ट ललितपुर र धनगढी भिड्ने तय यसअघि नै भैसकेको छ। चितवन र पोखरा थन्डर्सले पहिलो इलिमिनेटर खेल्ने समीकरण तय भएको छ।
धनगढीलाई आजको नतिजाले कुनै असर नगर्ने भएकोले उसले आज ८ खेलाडी प्लेइङ इलेभेनमा परिवर्तन गरेको थियो। तर चितवनलाई कम्तिमा बराबरी नतिजा जरूरी थियो। यी दुई बीचको प्रतिस्पर्धा चलिरहँदा काठमाडौं रेजर्स भने चितवनको हारको पर्खाईमा थियो। जुन हुन सकेन्।
धनगढीले सुरूवातमा अग्रता बनाएपनि चितवनले भने सानदार कमब्याक गर्यो। खेल अवधिभर नै चितवनले पकड बनायो।
मैदान बाहिर भने काठमाडौं चितवनको हारको पर्खाईमा छ। चितवनको हारमा काठमाडौं प्ले अफमा पुग्ने समिकरण छ।
वर्षाबीच सुरु भएको खेलको सातौं मिनेटमा धनगढीले सुरूवाती अग्रता बनायो। जर्ज प्रिन्स कार्कीले ४० यार्ड भन्दा टाढाबाट हानेको पावरफुल सट आकर्षक गोलमा परिवर्तन भयो। जारी लिगको यो उत्कृष्ट मध्येको गोल थियो। धनगढीले १-० को अग्रता बनायो।
तर खेलको १३ औं मिनेटमा शिशिर लेखीले दिएको बलमा छिरिङ गुरुङले क्रस गर्न खोजेको बल अशोक खवासको ह्यान्ड भएको एसिस्टेन्ट रेफ्रीले संकेत गरे।
जसलाई रेफ्री प्रज्वल क्षेत्रीले सही मान्दै चितवनलाई पेनाल्टीको अवसर दिए। नोडिर माभलोनोभले पेनाल्टीमा कुनै गल्ती गरेनन्। नोडिरको यो जारी लिगमा दोस्रो गोल हो। चितवनले खेललाई १-१ को बराबरीमा पुर्यायो।
खेलको २९ औं मिनेटमा चितवनले खेलमा अग्रता बनाउने मौका गुमायो। नोडिरले करिब ३० यार्ड टाढाबाट हानेको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरियो। यसपछि ३४ औं मिनेटमा पनि नोडिरले फेरि मौका गुमाए। बक्स बाहिरबाट हानेको प्रहार बाहिरियो।
यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा छिरिङ गुरूङको क्रसमा भिक्टर मानसारेले बललाई कलेक्ट गर्न सकेनन्। क्लोज रेन्जमा रहेका जय गुरुङले गोल गरे। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनायो।
खेलको ५० औं मिनेटमा भिक्टर मानसारेले जोनाथन क्याम्पबेललाई दिएको क्रसमा धनगढीका डिफेन्डर अमृत श्रेष्ठलाई लागेर गोल भयो। धनगढीको आत्मघाती गोलमा चितवनले खेलमा ३-१ को अग्रता बनाउँदै प्ले अफको संभावनालाई लगभग निश्चित भएको थियो।
८४ औं मिनेटमा मिलन राईले हानेको बाहर थोरैले बाहिरियो। यसपछि दुवै टिमबाट गोल हुन सकेन। धनगढी ३-१ को जित दर्ज गर्न सफल भयो।
चितवन ३ जित १ बराबरी र २ हार सहित १० अंक बनाएर तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। पहिलो संस्करणमा चितवन लिगको पुछारमा रहेको थियो। गत सिजन नौ टिम सहभागी हुँदा चितवन सातौं भएको थियो।
साविक विजेता ललितपुर अपराजित रहँदै १२ अंकका साथ शीर्षस्थानमा रहयो। जारी एनएसएलमा पहिलो हार बेहोरेको धनगढीले ११ अंकमा दोस्रो स्थानमा लिग पूरा गर्यो। चौथो भएको पोखरा ८ अंक छ ।
काठमाडौंले ८ अंक नै बनाएपनि पोखरासँग गोल अन्तरले पछि पर्दै बाहिरियो। झापाले ५ अंक र बुटवल लुम्बिनीले १ अंक सहित तेस्रो संस्करण पूरा गरे।
शनिवार ललितपुर र धनगढीबीच पहिलो खेल हुनेछ। पहिलो इलिमिनेटर भने आइतवार हुनेछ। जहाँ पोखरा र चितवनबीच प्रतिस्पर्धा हुनेछ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]