default_image

3 weeks ago

April 16, 2025

ललितपुर र झापाको पहिलो हाफ बराबरीमा

362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायरमा पुगिसकेको ललितपुर एफसी सिटी र बाहिरिसकेको झापा एफसीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको यो खेलको नतिजाले लिगको कुनै पनि समिकरणलाई असर गर्दैन । अर्थहिन यो खेलमा ललितपुर अपराजित यात्रा कायम राख्न चाहन्छ भने झापा जितसहित सिजन अन्त्य गर्ने सुरमा छ । क्वालिफायरमा स्थान पक्का गरेको ललितपुरले कप्तान तथा डिफेन्डर अनन्त तामाङलाई विश्राम दिएको छ । आज सनिष श्रेष्ठले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।

खेलको नवौं मिनेटमा ललितपुरले गोल गर्ने मौका गुमायो । आदित्य शाक्यले झापाका गोल किपर अन्जल श्रेष्ठसँगको वान भर्सेस वानमा मौका खेर फाले । आदित्यले बक्स बाहिरबाट गरेको चिप किपरले जम्प गर्दै रोके। आदित्यले पास दिएको भए अनमार्क दिपेश घले पनि थिए‌। खेलको १२ औं मिनेटमा ललितपुरका इमोह इजाकियलको प्रहारलाई गोल किपर अन्जल श्रेष्ठले बचाए ।

खेलको २४ औं‌ मिनेटमा झापाका आरसिस लजारको कर्नरमा अल्हाजी गेरोको हेडर क्रसबार माथीबाट बाहिरियो । पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

ललितपुर ३ जित र २ बराबरीमा ११ अंक सहित लिगको शीर्षस्थानमा रहेको छ। ४ बराबरी र १ हारमा झापासँग ४ अंक रहेको छ ।

जारी एनएसएलमा ललितपुर र धनगढी क्वालिफायर वानमा पुगिसकेका छन् । पोखरा थन्डर्स प्ले अफमा पुगिसकेको छ । अब भोलि हुने चितवन र धनगढीबीचको खेलले प्ले अफमा पुग्ने चौथो टिमको निर्णय गर्नेछ । चितवन र काठमाडौं मध्ये एक टिम प्ले अफमा पुग्नेछ ।

May 5, 2025

काठमाडौ र ललितपुर महानगरको जित

ललितपुर (हाम्रो खेलकुद)- दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले विजयी सुरुवात गरेका छन् । यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ । वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा भएको थियो । आज बिहान भएको सो […]

May 5, 2025

दर्जन गोलसहित एपिएफ सेमिफाइनलमा

रविन्द्र वाईबा, हेटौंडा एपिएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथि एकतर्फी जीत निकालेको छ । सोमवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपिएफले वीरगंजलाई १२-० गोल गर्‍यो । पहिलो हाफमा ५ गोल गरेको एपिएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपिएफको जितमा रश्मि कुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल […]

May 5, 2025

बायर्नले जित्यो जर्मन बुन्डेसलिगा

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । आइतबार लिगको दोस्रो स्थानमा रहेको बायर लेभरकुसन बराबरीमा रोकिएसँगै बायर्न लिग च्याम्पियन बनेको हो । फ्राइबर्गको मैदानमा लेभरकुसन २-२ को बराबरीमा रोकिएपछि बायर्नको उपाधि पक्का भयो । लेभरकुसनको ३२ खेलमा ६८ अंक छ । बायर्नको ३२ खेलमा ७६ अंक रहेको छ । शनिबारको खेलमा बायर्न […]

Success

Thank you for your time.