default_image

1 week ago

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

2191 views

0 Bookmark

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो

तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो।

पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ बार्सिलोना समग्रमा ५-३ को सेमिफाइनल पुगेको हो ।

डर्टमुण्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो। घरेलु समर्थकहरूको जोशिलो साथ र सर्हो गुइरासीको प्रभावशाली प्रदर्शनले टोली प्रेरित भएको थियो।

गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन्। यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे।

समूह चरणको खेलमा बार्सिलोनासँगको २-३ को हारमा उनले डर्टमुण्डका दुबै गोल गरेका थिए। यसपटक  ह्याट्रिक पूरा गरे, तर त्यो प्रयास पनि नतिजा बदल्न पर्याप्त भएन।

उनको प्रदर्शनले खेलमा डर्टमुण्डका खेलाडी र समर्थकहरूमा आशा जगाएको थियो, जब बार्सिलोनासँगको दूरी एक समय ४-३ मा झरेको थियो।
गुइरासीले ११ औं पेनाल्टीमा पहिलो गोल गरे। उनले दोस्रो गोल ४९ औं मिनेटमा गरे ।

डर्टमुण्डका डिफेन्डर रामी बेन्सेबैनीले रोबर्ट लेवान्डोस्कीको दबाबमा आत्मघाती गोल गरेपछि बार्सिलोना फाइदा पुग्यो ।

गुइरासीले ७६ औं मिनेटमा  गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, पहिलो लेगको फराकिलो हारका कारण टोली अघि बढ्न सकेन। बार्सिलोनाले अब सेमिफाइनलमा इन्टर मिलान वा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भएपनि पिएसजी ५-४ को अग्रतासहित सेमिफाइनल पुगेको छ।

April 24, 2025

१५ औं साफ च्याम्पियनसिप २०२५ नहुने

काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा‌ हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]

April 24, 2025

लिग कम नकआउट गर्ने एन्फाको प्रयास असफल , ४ क्लब मात्रै दर्तामा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]

April 24, 2025

बाँसबारीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]

Success

Thank you for your time.