default_image

1 week ago

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

1077 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो।

भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो टोलीका लागि पर्याप्त रहेन । भिल्लाले अविश्वसनीय रुपमा पुनरागमन सम्भावना देखाएपनि अर्को गोल थप्न नसक्दा बाहिरिनु पर्यो ।

पहिलो आधा घण्टामै २ गोलको सामना पछि भिल्लाको आशा लगभग समाप्तजस्तै देखिएको थियो। आच्राफ हाकिमीले गोलकिपर मार्टिनेजको गल्तीको फाइदा उठाउँदै ११ औं मिनेटमा गोल गरेर पिएसजीलाई अग्रता दिलाए ।

त्यसपछि २७ औं नुनो मन्डेसले गोल गर्दै फ्रेन्च टोलीको अग्रता दोब्बर बनाए । त्यो गोलपछि गर्दा भिल्लालाई कम्तिमा बराबरी गर्न ४ गोल चाहिएको थियो।

घरेलु मैदान भिल्ला पार्कमा टोलीले पुनरागमनको प्रयास जारी राख्यो । यौरी टिलेमान्सले ३४ औं मिनेटमा एक गोल फर्काएपछि पहिलो हाफ २-१ अवस्थामा टुंगियो ।

त्यसपछि दोस्रो हाफ थप रोमान्चक रह्यो । उनाई एमेरीको टोलीले सहजै हार स्वीकारेन । प्रतिभाशाली पिएसजी टोलीलाई दबाबमा राख्दै गोल फर्कायो ।
भिल्लाले २ मिनेटभित्र २ गोल गर्दै पिएसजीमाथि दबाब बढायो ।

५५ औं मिनेटमा जोन म्याकगिनले २० यार्डबाट गोल गरे । त्यसपछि मार्कस रासफोर्डको सानदार पासमा डिफेन्डर एज्री कोन्साले गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।

भिल्लाको आत्मविश्वास बढ्दै गयो । तर पिएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माले ३ महत्वपूर्ण बचाउ गरे । जसले भिल्लालाई खेलमा बराबरी गर्नबाट रोक्यो।

पहिलो रासफोर्डको प्रयासलाई रोके । त्यसपछि टिलेमान्सको हेडरलाई विफल पारे । अन्त्यमा परिवर्तित मार्को एसेन्सियोको प्रहारलाई खुट्टाले जोगाए ।

पिएसजीले अब सेमिफाइनलमा आर्सेनल वा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल पहिलो लेगमा ३-० ले विजयी भएको थियो। क्वाटरफाइनलको अर्को लेगमा सफल हुँदै बार्सिलोना सेमिफाइनलमा पुगेको छ।

April 26, 2025

एनएसएल फाइनल – ललितपुर र पोखरा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा आज साविक विजेता ललितपुर सिटी एफसीको सामना पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्सले गर्दैछ। ललितपुर जारी सिजन अपराजित छ। उसको बलियो पक्ष भनेको लिग चरणको ६ खेल र क्वालिफायरमा एक रुपताको प्रदर्शन हो। उत्कृष्ट लयमा रहेको ललितपुर दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ। तर उसले आज पोखराको […]

April 26, 2025

को बन्ला एनएसएलको सर्वोत्कृष्ट?

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थन्डर्स भिड्दैछन् । प्रतियोगिताको उपाधिका लागि ललितपुर कागजी रुपमा दाबेदार रहँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि पनि यिनै दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत सिजन ललितपुरले उपाधि जित्दा टोलीका कप्तान अनन्त तामाङ […]

April 25, 2025

एनएसएल फाइनल – ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट […]

Success

Thank you for your time.