default_image

3 days ago

April 15, 2025

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे ।

गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । विजेता टोलीको लागि अम्बिका सुनार र पुजा सुनारले १-१ गोल स्थानीय टोलीका लागि जेनिशा खत्रीले १ गोल गरिन् ।

पुरुषतर्फ नारायणगढले नव जन जागृति भेट्रान क्लबलाई ४-१ ले पराजित गर्यो । नारायणगढको जितमा रिजन घलेले ह्याट्रिक पूरा गर्दा रोमस थापाले १ गोल गरे । उपविजेताका लागि सैफुल्ला मियाले १ गोल गरे ।

विजेता नारायणगढका सज्जन कार्की उत्कृष्ट खेलाडी घोषित भए । हिलीफिल्डर्सका संगम खत्री उत्कृष्ट गोलरक्षक बने । जी एण्ड ए एकेडेमीले प्लेट उपाधि जित्यो ।

द ओसन क्लबको आयोजनामा भएको प्रतियोगिताको समापनमा गोरखा नगरपालिकाका म्यार कृष्ण रानामगर प्रमुख अतिथि थिए ।

April 18, 2025

आरसिबीले पन्जाबलाई दियो सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) ले पन्जाब किंग्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ। वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो। आरसिबीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। तर रोयल च्यालेन्जर्सले निराशाजनक […]

April 18, 2025

आर्मी लुम्बिनी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार बाँकेस्थित नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान १-१ गोल गरे । आर्मीलाई […]

April 18, 2025

बाँसबारी पाँचौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]

Success

Thank you for your time.