1 week ago
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न सफल भएको छ।
बुटवल लुम्बिनीलाई आज २-० ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ। यो सँगै पोखराले काठमाडौं रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको हो।
पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बन्यो। अब एफसी चितवन र पोखरा मध्ये एक टोली प्ले अफमा पुग्नेछ। आज पोखरालाई हराउन आयुष घलान र विलियम बियासीले गोल गरे।
प्ले अफमा पुग्न पोखरालाई आज जितको विकल्प थिएन । बराबरीले पनि प्ले अफको संभावना समाप्त हुने थियो। गर या मरको अवस्थामा पोखरा थियो। जहाँ पोखरा खेल अवधिभर हाबी रह्यो। ठीक विपरीत बुटवलको प्रदर्शन निराशाजनक रहयो।
खेलको १० औं मिनेटमा नै पोखराले अग्रता बनायो। समिर तामाङले बक्सको एजबाट दिएको पासमा डिफेन्डरहरु बक्स भित्र नै थिए। तर पनि आयुष अनमार्क थिए। आयुषको फ्रि हेडर सहजै गोलमा परिणत भयो।
त्यसको एक मिनेटपछि पनि पोखराका कप्तान नवयुग श्रेष्ठले बक्सभित्रबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
खेलको २२ औं मिनेटमा पोखराले अर्को मेका गुमायो। आयुषको पासमा किपर दीप कार्कीसँगको वान भर्सेस वानमा समिर चुके। दीपले खुट्टाले ब्लक गरिदिए।
एकपक्षीय खेलको २९ औं मिनेटमा जो आइडुको लामो पासमा नवयुगको हेडरलाई गोलकिपर दीपले पन्च गरेर बचाए। लगतै ३२ औं मिनेटमा नवयुगको क्रसमा समिरले चेस्ट कन्ट्रोल गर्दै हानेको प्रहार बाहिरियो।
खेलको ३५ औं मिनेटमा आयुषको कर्नरमा स्टेफन समिर बिनोङले दुई डिफेन्डरलाई बिट गर्दै दिएको सटिक पासमा साडिस्टोन जाफारोभले क्लोज रेन्जबाट हानेको लेफ्ट फुटेट सटलाई गोल किपर दीपले सहजै कलेक्ट गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।
दोस्रो हाफको ५८ औं मिनेटमा जो आइडोले बक्स बाहिरबाट हानेको पावरफुल प्रहारलाई गोलकिपर दीपले डाइभ गर्दै मुस्किलले बचाए। प्राप्त कर्नरमा पोखराले गोल गर्यो। नवयुगको कर्नरमा विलियम बियासीको हेडरले सही दिशा लियो। पोखरा २-० को अग्रता बनाउन सफल भयो।
इन्ज्युरी समयमा बुटवलका मनिष डाँगीको प्रहारलाई गोल किपर ग्याल्मो प्रिसोले रोके। रिबाउन्डमा केन्टा हानेको प्रहार बाहिरियो। खेल पोखराले २-० ले जित्यो।
पोखराले लिग चरणको ६ खेलमा २ मा जित, २ मा बराबरी र २ मा हारको नतिजा निकाल्यो। ८ अंक सहित गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लियो। लगातर दुई खेल हारेपनि पोखरा सानदार कम्ब्याक गर्न सफल रहयो।
बुटवल जित विहिन हुँदै अंक तालिकाको पुछारमा रहँदै बाहिरियो। उसले १ खेलमा बराबरी र ५ खेलमा हार बेहोर्यो।
ललितपुर र धनगढीले पहिलो क्वालिफायर खेल्ने निश्चित भैसकेको छ। पोखरा प्ले अफमा पुग्यो। अब चितवन र काठमाडौं मध्ये एक टिम प्ले अफमा पुग्नेछ। काठमाडौंले ६ खेलबाट ८ अंक बनाएको छ।
चितवनसँग ७ अंक छ। उसले अब अन्तिम खेलमा धनगढीसँग खेल्नेछ। सो खेलमा चितवनले जित र बराबरीमा प्लेअफमा स्थान बनाउनेछ। चितवन हारेको खण्डमा काठमाडौं प्ले अफमा पुग्नेछ।
भोलि पहिलो क्वालिफायरमा पुगिसकेको ललितपुरको सामना लिगबाट बाहिरिएको झापाले गर्नेछ।
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशाला आइपुगेका छन्। नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो क्वालिफायरमा विशेष अतिथिको रुपमा कार्लोस रंगशाला पुगेका हुन्। धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल सुरु हुनुअघि कार्लोसले मैदानमा पुगेर दुवै टोली खेलाडीलाई शुभकामना दिए। उनले खेलका रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण पनि गरे। उनले पूरै खेल […]