1 week ago
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सशक्त प्रदर्शन गरिरहेको टिम हो, धनगढी एफसी।
धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न पनि सफल भैसकेको छ। तर धनगढीले हिजो दशरथ रंगशालामा झापा एफसीसँगको खेलका दौरान धनगढीका अफ्रिकी खेलाडी अफिज ओलावालेले अनुशासनहीन व्यवहार गरे।
उनी प्लेइङ इलेभेनमा थिएनन्। ६८ औं मिनेटमा मोहम्मद अल जेलाई रिप्लेस गर्दै मैदान छिरेका थिए । निर्धारित ९० मिनेटको खेलमा धनगढीले १-० को अग्रता पनि बनाएको थियो। इन्ज्युरी समय ६ मिनेट थपियो। प्रशिक्षक वान मार्टिनेजले ओलावालेाई थप गरिएको समयको पाँचौं मिनेटमा सब्स्टिच्युट गर्ने निर्णय गरेका थिए । उनको स्थानमा अशोक खवास मैदान छिरेका थिए।
त्यसपछि ओलावालेले अनुशासनको धज्जी उडाए। प्रशिक्षक मार्टिनेजलाई किन रिप्लेस गरेको भनेर मात्र सोधेनन्। पानीको बोतल ट्रयाकमा फाले। प्रशिक्षकमाथि नै जाइलाग्न खोजेका थिए। उनलाई अफिसियलहरुले सामतेर रोक्नु परेको थियो। प्रशिक्षक मार्टिनेज पनि आक्रोशित भएका थिए।
अवस्था तनावपूर्ण बनेपछि ओलावालेलाई टनेलबाट ड्रेसिङ रुममा लगियो। खेलमा अनुशासन नै प्रमुख हो। अनि खेलाडी परिवर्तन गर्ने निर्णय प्रशिक्षकको अधिकारको विषय हो। तर ओलावालेको यस्तो व्यवहार निन्दनीय र खेलको मर्यादा विपरीत थियो।
त्यस विषयमा पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक वान मार्टिनेजले ओलावालेसँग संवाद गरेर परिस्थितिलाई समाधान गर्ने बताएका छन्। उनले उक्त निर्णय ‘टेक्निकल’ कारणले लिएको स्पष्ट पार्दै भनेका थिए , ‘सबै खेलाडी मैदानमा लामो समय खेल्न चाहन्छन्। तर निर्णय लिनुपर्ने जिम्मेवारी मेरो हो। यसलाई मैले घटनालाई सामान्य रुपमा लिएको छु।’
तर त्यो घटना न सामान्य देखिएको थियो , न त सामान्य थियो। कप्तान देवेन्द्र तामाङले भने यो घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका थिए।
प्रशिक्षकको निर्णयमा असहमति जनाउँदै आक्रामक शैलीमा प्रस्तुत हुने ओलावालेको यो व्यवहार खेलाडीको आचरणका हिसाबले निकै लज्जास्पद हो।
खेल मैदानमा केवल प्रदर्शन मात्र होइन । मर्यादा, अनुशासन र संयमताको पनि उत्तिकै महत्व हुन्छ।
ओलावाले परिचित विदेशी खेलाडीमा पर्दछन् । उनी एक दशक भन्दा लामो समयदेखि विभिन्न क्लबमार्फत नेपाली फुटबलमा क्रियाशील खेलाडी हुन् ।
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]