2 weeks ago
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीचको खेल जारी छ।
पहिलो हाफमा पोखराले १-० को अग्रता बनाएको छ। आयुष घलानले गोल गरे। प्ले अफमा पुग्ने संभावनाको लागि पोखरालाई जितको विकल्फ छैन ।
गर या मरको स्थितिमा पोखरा रहेको छ। प्ले अफबाट बाहिरिसकेको बुटवल भने सान्त्वना जित निकाल्न दाउमा छ। उसले एक खेल पनि जित्न सकेको छैन।
तर बुटवलले पहिलो हाफमा निराशाजनक प्रदर्शन गर्यो। गोल गर्ने मुभ सिर्जना गर्न समेत सकेन । डिफेन्डरहरुको प्रदर्शन पनि फितलो रहयो। पोखराले एकपक्षीय दबाब बनायो।
खेलको १० औं मिनेटमा नै पोखराले अग्रता बनायो। समिर तामङले बक्सको एजबाट दिएको पासमा डिफेन्डरहरू बक्स भित्र नै थिए। तर पनि आयुष अनमार्क थिए। आयुषको फ्रि हेडर सहजै गोलमा परिणत भयो।
त्यसको एक मिनेटपछि पनि पोखराका कप्तान नवयुग श्रेष्ठले बक्सभित्रबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
खेलको २२ औं मिनेटमा पोखराले अर्को मेका गुमायो। आयुष घलानको पासमा किपर दीप कार्कीसँगको वान भर्सेस वानमा समिर तामाङ चुके। दीपले खुट्टाले ब्लक गरिदिए।
एकपक्षीय खेलको २९ औं मिनेटमा जो आइडुको लामो पासमा नवयुगको हेडरलाई गोल किपर दीपले पन्च गरेर बचाए। लगतै ३२ औं मिनेटमा नवयुगको क्रसमा समिरले चेस्ट कन्ट्रोल गर्दै हानेको प्रहार बाहिरियो।
खेलको ३५ औं मिनेटमा आयुषको कर्नरमा स्टेफन समिर बिनोङले दुई डिफेन्डरलाई बिट गर्दै दिएको सटिक पासमा साडिस्टोन जाफारोभले क्लोज रेन्जबाट हानेको लेफ्ट फुटेट सटलाई गोल किपर दीपले सहजै कलेक्ट गरे।
पोखरासँग ५ अंक छ। आज ३ अंक जोडेमा उसको प्ले अफ संभावना बलियो बन्नेछ। अंक तालिकाको पुछारमा रहेको बुटवलको १ अंक छ।
April 29, 2025
रविन्द्र वाईबा, हेटौंडा मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हेटौंडामा मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले […]
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन […]
April 28, 2025
नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]