default_image

1 week ago

April 15, 2025

बोर्नमाउथसँग फुलहमको हार

153 views

0 Bookmark

एजेन्सी – एन्टोइन सेमेन्इयोको पहिलो मिनेटमा गरिएको गोल निर्णायक बनेपछि एएफसी बर्नमाउथले फुलहमलाई १-० ले हराएको छ।

यो जितले बर्नमाउथको युरोपेली प्रतियोगिता खेल्ने आशा बलियो बनायो। डिसेम्बरमा फुलहमसँग २-२ को बराबरी खेलेको बर्नमाउथले सोमवारको खेल सुरु भएको ५३ सेकेन्डमा लिएको अग्रता जोगाउन सफल रह्यो ।

एभानिल्सनले बर्नमाउथको अग्रता बढाउने राम्रो मौका चुकाए । उनले नजिकैबाट प्रहार गर्दा बल बारमा लाग्यो। तर, फुलहमले त्यस गल्तीको फाइदा उठाउन सकेन।
यो जितसँगै बर्नमाउथ आठौं स्थानमा पुगेको छ ।

फुलहमभन्दा एक स्थान माथि र युरोपियन प्रतियोगिताको दौडमा पुनः बलियो बनेको छ। फुलहमको यूईएफए च्याम्पियन्स लिग पुग्ने झिनो सम्भावना पनि लगभग समाप्त भएको छ।

बर्नमाउथले प्रिमियर लिगमा गत वर्ष आफ्नो सर्वाधिक अंक ४८ बराबरी गरेको छ । नवौं स्थानमा रहेको फुलह्यामको पनि ४८ अंक छ।

April 23, 2025

एपिएफ लुम्बिनी कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज रौतहट फुटबल संघको टोलीलाई ३-० ले‌ हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले‌ अन्तिम १७ मिनेटमा गोल गर्दै फाइनलमा यात्रा तय गरेको हो। टोलीका लागि अनिता केसी, निशा […]

April 23, 2025

पोखरा पहिलो पटक एनएसएल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले […]

April 23, 2025

धनगढी र पोखराको पहिलो बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। […]

Success

Thank you for your time.