default_image

5 days ago

April 14, 2025

सिम्रिकलाई भूपू सैनिक फुटबल उपाधि

301 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

सिम्रिक युवा क्लबले आठौ भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमवार भएको फाइनलमा आयोजक भूपू सैनिक स्पोर्टिङ क्लबलाई ३-१ ले पराजित गर्दै सिम्रिकले उपाधि चुमेको हो ।

भूूपू सैनिक जबई खेल मैदानमा भएको फाइनलको २० औं मिनेटमा सुरज चौधरीले पेनाल्टी मार्फत गोलको खाता खोलेका हुन् ।

विशाल शाहीले आफुलाई सुरजलाई डिबक्स भित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई सुरजले गोल गरेका हुन्। ५२ औं मिनेटमा सिम्रिकका नीरबहादुर थापाले फ्रि किकमा गोल गरे ।

५५ औं मिनेटमा कप्तान अर्जुन चौधरीले पेनाल्टीमा गोल‌ गरेपछि सिम्रिकले ३-० को अग्रता बनायो । आयोजकका सन्जय खत्रीले अन्तिम समयमा सान्त्वना गोल फर्काए ।

भूपू सैनिक सालघारी समाजको संरक्षकत्व र भूपू सैनिक जबई स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख २२ हजार २ सय २२ र दोस्रो टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।

सिम्रिकका अरुण चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । सिम्रिककै सरिन जिसी उत्कृष्ट गोलकिपर र सोही टोलीका सुरज चौधरी सर्वाधिक गोलकर्ता तथा भूपूका मनोज श्रेष्ठ उत्कृष्ट रक्षक र सोही क्लबका क्षितिजराज जेटी उत्कृष्ट मिडफिल्ड घोषित भए ।

विजेता र उपविजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी, बुटवल नगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता शिव राना, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङ, आयोजक क्लबका अध्यक्ष गोपिराम पुनले पुरस्कृत गरे ।

अध्यक्ष पुनले खेल क्षेत्रमा योगदान गरेका पूर्व प्रशिक्षक, खेलाडीको सम्मानलाई निरन्तरता दिने बताए । प्रतियोगितामा रुपन्देहीका ६ र नवलपरासीका २ गरि ८ टोलीको सहभागिता थियो।

April 19, 2025

म्यानचेस्टर सिटी चौथो स्थानमा

एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो । गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे । एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को […]

April 19, 2025

ललितपुरले रातो कार्डको अपिल गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल […]

April 19, 2025

पुलिस लुम्बिनी कपको सेमिफाइनलमा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबनेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। नेपालगंज रंगशालामा शनिवार  भारतको सिलिगुढी एफसीलाई ४-० ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो। पुलिसको जितमा निर्मला उपाध्यायले २, मिना देउवा र कप्तान निरु थापाले समान १ गोल गरिन्। सुमन सुवेदीको प्रशिक्षणमा रहेको पुलिसले सबै गोल पहिलो […]

Success

Thank you for your time.