default_image

8 years ago

February 28, 2017

तिलोत्तोमा गोल्ड कपमा आर्मी र पुलिस भिड्दै

78 views

0 Bookmark

दिपक न्यौपाने
बुटबल – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछन्।

Army vs Himalayan Sherpa

प्रतियोगितामा एक जित दर्ता गरिसकेको त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकपको फाइनलमा पराजित भएको थियो।  यस प्रतियोगितामा युनाईटेड सिक्किमलाई ८-०ले पराजित गर्दै सुखद सुरुवात गरेको आर्मी भर्खरै बुढासुब्बा उपाधि जितेको पुलिस टिमलाई हराउने दाउमा हुनेछ।  विजयी टोलीले संकटासंग सेमिफाइनल खेल खेल्नेछ।

आयोजक अग्नी रुपन्देही ११ र हिमालयन शेर्पा क्लब यसअघि नै तिलोत्तमा गोल्ड कपको सेमिफाइनल पुगिसकेका छन् । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गर्थ्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।

यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

February 3, 2025

एपिएफ ‘बी’ र पुलिस स्कुलको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]

Success

Thank you for your time.