1 month ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र झापा एफसीबीचको खेल जारी छ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा धनगढीले भने पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा झापाले पकड बनायो।
८ अंक सहित लिगको दोस्रो स्थानमा रहेको धनगढीलाई प्ले अफको नजिक छ। जारी लिगमा बराबरीमा माहिर झापाले यसअघि लगातार ४ बराबरी खेलेको कारण उसँग जितको विकल्प छैन।
खेलको पहिलो मिनेटमा नै रितिक खड्काको पासमा अभिनाष स्याङतानको प्राहरलाई धनगढीका गोल किपर वालिद विरोले उत्कृष्ट बचावट गरे।
झापाले सुरुवात देखि नै आक्रमक खेल खेल्यो। खेलको ३० औं मिनेटमा अर्को मौका गुमायो। आरसिस लाजारले करिब २५ यार्ड टाढाबाट हानेको पावरफुल कर्लिङ प्रहारलाई धनगढीका गोल किपर वालिद विरोले डाइभ गर्दै एक हातले बचाए।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सुनौलो मौका झापाले गुमायो। अभिनाषकक सटिक पासमा अलहाजी गेरोको हेडर क्रसबारको नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
धनगढीले ४ खेलमा २ जित र २ बराबरीमा ८ अंकसहित लिगको दोस्रो स्थानमा छ। झापा भने लगातारको ५ बराबरीमा ४ अंक सहित छैटौं स्थानमा रहेको छ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]