1 month ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार पहिलो हाफमा एफसी चितवनविरुद्ध १-० को अग्रता लिएको छ ।
प्रतिस्पर्धात्मक खेलमा काठमाडौंका लागि बाकारी मानेले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका हुन् । काठमाडौंलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने बाध्यता रहेको छ । चितवनले भने यो खेल जितेको अवस्थामा प्लेअफ पुग्नेछ ।
कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएको दुवै अवसरमा गोल गर्न सकेन । २२ औं मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरियो । त्यसको केहीबेरमै अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक सेक गेयेले उत्कृष्ट बचाउ गरे ।
३२ औं मिनेटमा काठमाडौंले बाकारीमानेको फ्रिकिक गोलमा अग्रता लियो । मानेले झन्डै २५ यार्ड टाढाबाट दोस्रो बारमा हानेको फ्रिकिक वालमा रहेका खेलाडी नउफ्रदा बटम कर्नरमा गोल भएको थियो ।
चितवनले चोटका कारण अन्जन विष्ट र काठमाडौंले जिलेस्पी जंग कार्कीको साथ गुमाएको छ ।
हाल काठमाडौंको ५ खेलमा ५ अंक छ । चितवनको ४ खेलमा ७ अंक छ ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]