default_image

2 weeks ago

April 14, 2025

एमबाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित

716 views

0 Bookmark

एजेन्सी – किलियन एम्बाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको ला‌ लिगाको खेलमा‌ आइतवार रियल म्याड्रिड विजयी भएको छ।

आलाभेसलाई १-० ले पराजित गर्दै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ४ मा झारेको छ ।
रियल पुगेयता एमबाप्पेले पहिलो पटक रातो कार्डको सामना गरेपछि टोली १० खेलाडीमा सिमित भयो ।

३८ औं मिनेटमा एम्बाप्पेलाई सुरुमा एन्टोनियो ब्लान्कोलाई ढिलो ट्याकल गर्दै घुँडामाथि प्रहार गरेपछि पहेँलो कार्ड देखाइएको थियो । तर भिएआरले रेफ्रीले खेलका मुख्य रेफ्री सेजार सोतो ग्राडोलाई पिचसाइड मोनिटरमा घटना हेर्न सुझाव गरेपछि त्यो कार्ड रातोमा परिणत भयो।

त्यो घटनाअघि नै ३४ औं मिनेटमा एदुआर्डो कामाभिङ्गाले पेनाल्टी बक्सको बाहिरबाट शानदार प्रहारमार्फत गोल गर्दै रियल अग्रता लिएको थियो।

रियलका गोलकिपर थिबाउ कोर्ट्वाले आलाभेसका छ वटा प्रहारहरू बचाउँदै उत्कृष्ट प्रदर्शन गरे । आलाभेस पनि ७०औं मिनेटमा मनु सान्चेजले भिनिसियस जुनियरको खुट्टामाथि प्रहार गरेपछि १० खेलाडीमा झर्यो।

भिनिसियस र जुड बेलिङहम बेन्चबाट सुरु गरे। च्याम्पियन्स लिगमा बुधवार आर्सनलविरुद्ध ३-० को खेल उल्ट्याउने योजनासँगै उनीहरुलाई पहिलो रोजाई नपारिएको हुनसक्छ।

प्रशिक्षक कार्लो एन्चेलोटीले दोस्रो हाफमा आक्रमण तीव्र बनाउने लक्ष्यसाथ यी दुई स्टार मैदानमा उतारे । तर उनीहरूले एक मात्र प्रहार गरे । आलाभेसको पाँच प्रहार गरेको थियो ।

एम्बाप्पे निलम्बनका कारण अर्को आइतबार एथलेटिक क्लबविरुद्ध रियलको घरेलु खेल गुमाउने छन्। रियल ११ मेमा बार्सिलोना भ्रमण गर्नेछ, त्यो खेलले उपाधि दौडका लागि थप रोचक बन्न सक्छ।

अन्य खेलमा एथलेटिक क्लबले रायो भालेसानोलाई ३-१ ले र भिल्लारियलले रियल बेटिसलाई २-१ ले पराजित गर्यो।

April 28, 2025

गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]

April 28, 2025

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि ३० खेलाडी डाकिएका छन्। टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका प्रारम्भिक टोली घोषणा गरेको‌ अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ । नेपालले जेठ २२ गते (जुन ५) हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।‌ […]

April 28, 2025

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ। नटिङ्घम फरेस्टलाई आइतवार २-० ले हराउँदै सिटी हराउँदै लगातार तेस्रो पटक एफए कप अन्तिम दुईमा पुगेको हो। वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ । सिटीले सुरुवातबाटै खेललाई नियन्त्रणमा राख्यो । निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप […]

Success

Thank you for your time.