default_image

8 years ago

February 28, 2017

मनाङ आज स्वदेश फर्कदै

76 views

0 Bookmark

चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा पराजित भएको नेपाली क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई आजै स्वदेश आइपुग्ने भएको छ। सोमबार राति भएको खेलमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लबले मनाङलाइ पराजित गर्दै फाइनलमा पुगेको थियो।

mmc-second-match-7

प्रतियोगिताको समूह ‘बि’ रहेको मनाङ हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै उपविजेताका रुपमा अन्तिम चार पुगेको थियो। टिसी स्पोर्टस समूह एको विजेताका रुपमा अघि बढेको थियो। समूह चरणको खेलमा मनाङले एक जित, एक हार र एक बराबरी खेलेको थियो।

टोली आज दिउसो ४:१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम रहेको छ।

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

February 3, 2025

एपिएफ ‘बी’ र पुलिस स्कुलको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]

Success

Thank you for your time.