default_image

3 days ago

April 13, 2025

श्री कुमारीको लगातार दोस्रो जित

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराएको छ। श्री कुमारीको यो लगातार दोस्रो जित हो।

एन्फा कम्प्लेक्समा आज भएको खेलको १४ औं मिनेटमा सुजन रानाको गोलमा श्री कुमारीले अग्रता बनायो। पहिलो हाफ १-० को नतिजामा सकियो।

नयाँबस्ती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। इन्ज्युरी समयको पहिलो मिनेटमा यमन महर्जनले गोल गरे। यो सँगै श्री कुमारी २-० को जित दर्ज गर्न सफल भयो।

लगातारको दोस्रो जितमा श्री कुमारीले ६ अंक बनाएको छ। यो सँगै लिगको पुछारबाट श्री कुमारी १२ औं स्थानमा उक्लिएको छ। यसअघिको खेलमा श्री कुमारीले बाँसबारीलाई १-० ले हराएको थियो।

लगातार चार हारपछि श्री कुमारीले दुई जितका साथ लयमा फर्कने संकेत देखाएको छ। नयाँबस्तीको यो तेस्रो हार हो। टोलीले ६ खेलबाट ५ अंक जोडेको छ। पछिल्लो खेलमा वीरगन्जलाई हराएको नयाँबस्तीले आज निराशाजनक प्रदर्शन गर्यो।

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ […]

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]

April 15, 2025

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]

Success

Thank you for your time.