3 days ago
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानासहित नेपाल पुलिस क्लबका ३ खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन्।
पुलिसका प्रशिक्षक भोला सिलवालले तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट उमन्स लिग खेल्ने जानकारी दिए ।
पुलिसले उनीहरु विनानै नेपालगञ्जमा यसै साता सुरु हुने लुम्बिनी कपमा भाग लिनेछ । पूजा राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्। सम्झना र बिर्सना राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका थिए।
झन्डै ६ महिला चल्ने लिगमा १० टोलीको सहभागिता रहनेछ। ट्रान्सफर युनाइटेडले वैशाख ६ गते सुरु हुने लिगको पहिलो खेलमा साम्त्सेको सामना गर्नेछ।
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]