3 days ago
April 13, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले लेगानेसलाई १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई बढाएको छ।
१२औं ला लिगा खेलमा अपराजित यात्रा जारी राखेको बार्सिलोना रियल भन्दा ७ अंकले अगाडि छ। एस्टाडियो म्युनिसिपल डे बुटार्के मा दोस्रो हाफ सुरु भएको केही समयमै गोल भएको थियो।
लेगानेसका डिफेन्डर जोर्ज साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयास गर्दा ४८ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । रोबर्ट लेवान्डोस्की खतरा बनाउँदै नजिकै थिए।
लेवान्डोस्की बार्सिलोनाका लागि आफ्नो १ सयौं गोलको खोजीमा थिए । पछि राफिन्हाको अर्को क्रसमा हेडमार्फत गोल गर्न प्रयास गरे तर बल पोस्ट बाहिर गयो। ६७ औं मिनेटमा उनको ठाउँमा फेरान टोरेस मैदान प्रवेश गरेका थिए।
अंक दूरी कम गर्न रियलले अब आइतवार अलाभेसविरुद्ध जित निकाल्नैपर्ने हुन्छ ।
३२ खेलमा बार्सिलोनाको ७० अंक पुगेको छ। लेगानेस अझै पनि रेलिगेसन जोनमै अड्किएको छ।
ला लिगाका अन्य खेलमा लास पालमासले गेटाफेलाई ३-१ ले , इस्पनयोलले सेल्टा भिगोलाई २-० ले भ्यालेन्सियाले सेभिल्लालाई १-० ले , मालोर्काले रियल सोसिडाडलाई २-० ले हराएको छ।
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]