default_image

3 days ago

April 13, 2025

आर्सनल रोकिँदा लिभरपुललाई थप सहज

252 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार आर्सनल बराबरीमा‌ रोकिएपछि लिभरपुलको उपाधि यात्रा थप सहज बनेको छ।

आर्सनललाई ब्रेन्टफोर्डले १-१ को बराबरीमा रोकेको थियो। घरेलु मैदानमा थोमस पार्टीले ६१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा
योआन विस्साले बराबरी गोल गरेका थिए।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई ३-० ले हराएको ४ दिनपछि आर्सेनलले ब्रेन्टफोर्डको कडा चुनौतीको सामना गर्नुपरेको थियो।

आर्सनलले दोस्रो लगातार बराबरीपछि लिभरपुललाई उपाधि जित्न अब ९ अंक भए‌ पुग्नेछ। ३२ खेलमा आर्सनलको‌ ६३ अंक छ।

आर्सनलको भन्दा १ खेल‌ कम खेलेको लिभरपुलको १० अंक बढी छ। ब्रेन्टफोर्ड क्रिस्टल प्यालेसलाई उछिन्दै लिग तालिकामा ११औं स्थानमा पुगेको छ।

शनिवार अन्य खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-२ ले, एस्टन भिल्लाले साउथ ह्याम्टनलाई ३-० ले, एभर्टनले तेस्रो स्थानको नटिङ्घम फरेस्टलाई १-० ले हराएको छ । ब्राइटन र लेस्टर सिटीले‌ २-२ को बराबरी खेलका छन् ।

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ […]

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]

April 15, 2025

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]

Success

Thank you for your time.