3 weeks ago
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र पोखरा थन्डर्सबीचको खेल १-१ को बराबरीमा सकिएको छ । झापाको यो लगातार चौथो बराबरी हो ।
दशरथ रंगशालामा गोलरहित रहेको पहिलो हाफपछि दोस्रो हाफमा १-१ गोल सम्भव भयो । पोखराले स्टेफन समिर बिनोङको गोलमा अग्रता लिएको १२ मिनेटपछि लाजार आर्सिचले फ्रिकिकमा सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको १३ औं मिनेटमा पोखराले अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । सुदिल राईले अफसाइड ट्रयाप बिट गरेर वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक नेमान्जा लेमजिचले खुट्टाले बचाए । लगत्तै स्टेफन बिनोङले झापाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्र भित्रबाट पोस्टतर्फ प्रहार गर्न सकेनन् ।
१९ औं मिनेटमा पोखराले पुन: अर्को अवसर खेर फाल्यो । कप्तान आयुष घलानले वन भर्सेस वनमा लेमाजिचलाई बिट गर्न सकेनन् । ऊक्त बचाउ गर्ने क्रममा लेमाजिच घाइते भएपछि एन्जल श्रेष्ठले उनलाई प्रतिस्थापन गरे । २५ औं मिनेटमा जो आइडुले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा छुँदै बाहिरियो ।
३६ औं मिनेटमा झापाले अर्को अवसर पायो । लाकेन लिम्बूको कर्नरमा आशिष गुरुङको हेडर पोस्टभन्दा थोरै माथिबाट गयो । पोखराले पहिलो हाफको ५ मिनेट बाँकी हुँदा सुदिल राईको स्थानमा सुरज ज्यु ठकुरीलाई मैदान पठाएको थियो ।
दोस्रो हाफको ५१ औं मिनेटमा पोखराले बिनोङको गोलमा अग्रता लियो । आयुषले मिडफिल्डबाट बल अघि बढाएर खेलेको पासलाई आइडुले फ्लिक गरेपछि बिनोङले बक्सभित्र लग्दै गोल गरे ।
५६ औं मिनेटमा बिनोङको अग्रता दोब्बर पार्ने प्रयासमा गोलरक्षक एन्जल बाधक बने । जो आइडुले मिडफिल्डबाट निकालेको सुन्दर पासलाई बिनोङले पहिलो टचमा बक्सभित्र रोक्दै गरेको प्रहार एन्जलको हातमा लग्दै क्रसबारमा लागेर बाहिरियो ।
६५ औं मिनेटमा झापाका लागि लाजार आर्सिचले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए । पोस्टबाट झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई आर्सिचले टप कर्नरमा गोल गर्दै गोलरक्षक एभ्स प्रिसोको डाइभलाई व्यर्थ बनाए ।
८१ औं मिनेटमा पोखराले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । आयुषले दिएको लब पासलाई अनमार्क रहेका जो आइडुले पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न खोज्दा एन्जलले बचाए । लगत्तै अर्कोतर्फ अभिनाश स्याङतानले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई प्रिसोले दायाँतर्फ डाइभ दिँदै बचाए ।
८५ औं मिनेटमा आर्सिचले पेनाल्टी क्षेत्रबाहिर ४ डिफेन्डरलाई छलाउँदै गरेको प्रहार प्रिसोले रोके ।
यस नतिजासँगै पोखरा ५ खेलमा ५ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । झापा भने ४ खेलमा ४ अंक जोड्दै छैटौं स्थानमा कायम रहेको छ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]