default_image

3 weeks ago

April 12, 2025

झापा र पोखरा पहिलो हाफमा गोलरहित

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा पोखराले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन । दुवै टोलीले चोटको कारण पहिलो हाफमा नै खेलाडी परिवर्तन गरेका छन् ।

खेलको १३ औं मिनेटमा पोखराले अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । सुदिल राईले अफसाइड ट्रयाप बिट गरेर वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक नेमान्जा लेमजिचले खुट्टाले बचाए । लगत्तै स्टेफन बिनोङले झापाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्र भित्रबाट पोस्टतर्फ प्रहार गर्न सकेनन् ।

१९ औं मिनेटमा पोखराले पुन: अर्को अवसर खेर फाल्यो । कप्तान आयुष घलानले वन भर्सेस वनमा लेमाजिचलाई बिट गर्न सकेनन् । ऊक्त बचाउ गर्ने क्रममा लेमाजिच घाइते भएपछि एन्जल श्रेष्ठले उनलाई प्रतिस्थापन गरे । २५ औं मिनेटमा जो आइडुले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा छुँदै बाहिरियो ।

३६ औं मिनेटमा झापाले अर्को अवसर पायो । लाकेन लिम्बूको कर्नरमा आशिष गुरुङको हेडर पोस्टभन्दा थोरै माथिबाट गयो । पोखराले पहिलो हाफको ५ मिनेट बाँकी हुँदा सुदिल राईको स्थानमा सुरज ज्यु ठकुरीलाई मैदान पठाएको छ ।

अंक तालिकामा पोखरा ४ खेलमा ४ अंकसहित पाँचौ स्थानमा छ । झापा ३ खेलमा ३ अंक जोड्दै छैटौंमा छ ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.