2 weeks ago
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल खेलाडी रेनुका नगरकोटेले महिला तर्फ र ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहालले शुक्रवार पुरुष तर्फ प्रथम एपिएफ महिन्द्रा वर्षका उत्कृष्ट खेलाडी २०८१ को अवार्ड जितेका छन्।
रेनुका र प्रिन्सले अवार्डसहित ५० हजार रुपैयाँ प्राप्त गरे। फुटबलकी प्रीति राईले महिला र करातेका महमद शेखु आलामले पुरुषतर्फ एपिएफ बषको मस्ट पपुलर अवार्ड जिते।
करातेकी गंगा अधिकारी महिलातर्फ र फुटबलका जिवेश पाण्डेले पुरुषतर्फ एपिएफ वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरे।
फुटबलकी गोलकिपर सावित्री किसन र तेन्जिङ शेर्पाले एपिएफ वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरे। मस्ट पपुलर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट युवाले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरे।
महिला फुटबल टोली एपिएफ टिम अफ दि इयर घोषित भयो । टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्यो। सो अवसरमा एपिएफका पूर्व प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको थियो।
अग्नी इन्कोपर्पोरेटेड प्रालि महिन्द्राले अवार्ड विजेतालाई नगद पुरस्कार उपलब्ध गराएको थियो। साथै केल्मीले गिफ्ट ह्यापर प्रदान गरेको थियो।
यसरी सम्मानित हुने पूर्व खेलाडीमा फुटबलका धनविर लाल चौधरी , ब्याडमिन्टनका इन्द्र महत्ता, भलिबलका
कैलाश दत्त भट्ट, करातेका सुनिल लामा, फुटबलकी दीपा क्षेत्री, क्रिकेटका पारस खड्का छन् ।
सम्मानित हुने एपिएफका पूर्व प्रशिक्षक भलिबलका कपिल किशोर श्रेष्ठ, एथलेटिक्सका सुशिल नरसिंह राणा, फुटबलका धिरेन्द्र प्रधान, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका राजु बस्नेत छन् ।
सोही अवसरमा १० जनालाई विशेष सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेमा नेपाल पुलिस क्लबकी जुडोकी ओलम्पियन मोनिता श्रेष्ठ, त्रिभुवन आर्मी क्लबका धावक खड्ग बहादुर खड्का ,केल्मीका उत्तम न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, बक्सिङ प्रशिक्षक पूर्ण बहादुर लामा, सुरज पौडेल र अन्जिला फिल्मका निर्देशक मिलन चाम्स छन्।
वरिष्ठ खेलकुद पत्रकार श्याम चित्रकार, खेलाडी डटकमका प्रधान सम्पादक, अजय फुयाल र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनालाई पनि विशेष सम्मान गरिएको थियो।
सो अवसरमा नवीन गिरी, रंजित गिरी,हरिवंश पराजुली,एन पेनाङ्ग फुटबल क्लब मलेसियाका अंकित थापा,हिमालयन फुटबल क्लब मलेसियाका सन्तोष कार्की र नाडाका विवेक विक्रान्त अधिकारीलाई कदर पत्र प्रदान गरिएको थियो।
गृह मन्त्री रमेश लेखक, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले अवार्ड, सम्मान प्रदान गरेका थिए।
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]