3 weeks ago
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ।
पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे।
दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट गोल गरे। काठमाडौ १-० ले अग्रता बनायो।
३५ औं मिनेटमा धनगढीले बराबरी गोल फर्कायो। मोहम्मद एल जेले डिफेन्डरलाई छल्लाउँदै हिजाजीले बकमस भित्रबाट गोल गरे। खेल १-१ को बराबरीमा पुग्यो।
४१ औं मिनेटमा धनगढीको लागि कृतिस रत्न छुन्जुले अगाडि बढाएको बल काठमाडौंका डिफेन्डरले ब्लक गर्दा हिजाजीको खुट्टमा बल पुग्यो। सो बललाई सही दिशा दिंदै हिजाजीले टिमलाई २-१ को अग्रता दिलाए।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हिजाजीले ह्याट्रिक पुरा गरे। सर्जियो बारबोजाको पासमा हिजाजीले ६ यार्ड बक्सबाट गोल गरे। उनी जारी एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। पहिलो हाफमा धनगढी ३-१ ले अग्रता बनायो।
धनगढी ५ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। समान ५ अंक रहेको काठमाडौं चौथो स्थानमा छ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]