3 weeks ago
April 11, 2025
सुनिल गाउँले,सिमरा
ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् ।
सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्।
दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। गत वर्षको फाइनलमा मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
यसपटक मच्छिन्द्रले पुलिसको चुनौतीलाई पहिलो खेलमै समाप्त गरेको थियो। मच्छिन्द्रले आज फाइनल जितेमा त्यो वर्षको चौथो उपाधि हुनेछ।
मच्छिन्द्रले यो बर्ष काठमाडौंमा भएको केपी ओली कप, इटहरी गोल्डकप र कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको थियो । हिमालयन शेर्पाले वर्षको पहिलो उपाधिको लागि प्रयास गर्नेछ।
मच्छिन्द्र र हिमालयन शेर्पाबीच आज हुने भेट वर्षकल तेस्रो हो । यसअघि पाँचथर र तिलौराकोट गोल्डकपमा भएको दुवै भेटमा मच्छिन्द्र विजयी भएको थियो।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टोली तयार पारेका हौं।’
हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले आफूहरु बर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । उनले भने, ‘ युवा खेलाडी सम्मिलित टोलीले जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को अन्त्यका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान युवाशक्तिले यो वर्ष सिमरा रंगशालामा इतिहास रच्नेमा विश्वस्त छु ।’
मच्छिन्द्रले पहिलो खेलमा पुलिसलाई टाइब्रेकर ४-३ र सेमिफाइनलमा भरतपुरको हनामी बिएफसीलाई १-० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
हिमालयन शेर्पा क्वाटरफाइनलमा फ्रेण्ड्स क्लबलाई १-० र सेमिफाइनलमा आयोजक सिमरालाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।
मच्छिन्द्रका कप्तान रेजिन सुब्बा र हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ दुवैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।
जीतपुरसिमरा गोल्ड कपको विजेता
२०८० – नेपाल पुलिस क्लब
२०७९ – चर्च व्वाईज युनाइटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्री स्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मस्र्याङदी क्लब
२०६८ – मनाङ मस्र्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]