3 weeks ago
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे ।
दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज ललितपुरले चितवनलाई हराए लिगको शीर्षस्थानमा उक्लने अवसर पनि ललितपुरलाई रहेको छ।
पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो । चितवनले भने कमजोर प्रदर्शन गरेको छ । खेलको दोस्रो मिनेटमा ललितपुरले गोल गर्ने मौका गुमायो । पापा इबाउ केबेले गोल रक्षक अमल नाइटसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन् । गोलरक्षक नाइटले उनको प्रहार रोके ।
तर तेस्रो मिनेटमा नै ललितपुरले अग्रता बनायो । मणि कुमार लामाले करिब ३० यार्ड टाढाबाट हानेको फ्रि-किकमा इमोह इजेकियलले हेडर दोस्रो बारमा सुन्दर गोलमा परिणत भयो ।
१२ औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पार्ने अवसर गुमायो । आदित्य शाक्यले बलमा मणि कुमार लामाले बक्स बाहिरबाट हानेको पावरफुल सटलाई चितवनका गोल रक्षक अमल नाइटले बचाए ।
चितवनले आकर्षक मुभ बनाउन नै सकेन । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा शिशिर लेखीको क्रसमा भिक्टर मानसरेको हेडरलाई ललितपुरका गोल रक्षक जाफ्रे बाल्टसले सजिलै बचाए । पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो ।
अंक तालिकाको शीर्षस्थानमा रहेको चितवनले यसअघि पोखरा थन्डर्सलाई २-० र बुटवल लुम्बिनीलाई १-० ले हराउँदा झापा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। चितवनसँग ७ अंक रहेको छ ।
ललितपुरले भने पोखरालाई ३-२ ले हराउँदस काठमाडौंसँग २-२ को बराबरी र धनगढीसँग गोल रहित बराबरी खेलेको थियो। ललितपुरसँग ५ अंक रहेको छ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]