3 weeks ago
April 10, 2025
एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ।
पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ ।
उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।
तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। ३९ औं मिनेटमा डेजिरे डोउएले भिल्लाले बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको ४ मिनेटमा ख्विचा ख्वारात्स्खेलियाले गोल गर्दै खेललाई पूर्ण रुपमा पिएसजीको पक्षमा मोडे।
इन्ज्युरी समयमा नुनो मेन्डेसले तेस्रो गोल गरेपछि टोलीको जित थप फराकिलो बन्यो । अर्को क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले बोरुसियस डर्टमन्डलाई ४-० ले हरायो ।
मंगलवार आर्सनलले साविक विजेता रियल म्याड्रिडलाई ३-० र इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको छ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]