3 weeks ago
April 10, 2025
एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ।
राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे।
ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह गरेका थिए।
युरोपियन प्रतियोगितामा यो सिजन राफिन्हाको १२औं गोल गरेपछि बार्सिलोना २५ औं मिनेटमाअग्रता बनायो। त्यसपछि रोबर्ट लेवान्डोव्स्कीले दोस्रो हाफमा दुई गोल थपे र लामिन यामालले चौथो गोल गर्दै स्पेनिस टोलीलाई सेमिफाइनलको दिशातिर डोर्याए।
घरेलु टोलीले खेलको सुरुआतमा आक्रामक प्रदर्शन गर्यो । पहिलो सात मिनेटमै तीन पटक गोल गर्ने अवसर बनायो । जसमा यामाल र लेवान्डोव्स्कीको प्रहारलाई डर्टमन्डका गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गरे।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमै लेवान्डोव्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। यामालको क्रसमा राफिन्हाले हेडमार्फत गोलपोस्ट अगाडि पास गरे । त्यसमा लेवान्डोव्स्कीले नजिकबाट सजिलै पूरा गरे।
लेवान्डोव्स्कीले ६६ औं मिनेटमा अर्को गोल गरे। क्लबका लागि आफ्नो त्यो ९९औं गोल हो । काउन्टर-अट्याकको क्रममा पहिलो टचमै गोल गरे।
७७औं मिनेटमा अर्को काउन्टरमा राफिन्हाले यामाललाई पास दिँदै मेस्सीको रेकर्ड बराबरी गरे। यामालले सजिलै गोल पूरा गरे।
अर्को खेलमा पेरिस सेन्ट जर्मनने एस्टन भिल्ला विरुद्ध ३-१ को जिते निकाल्यो ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]