3 weeks ago
April 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका ३ विभागीय, भारतको सिलगुढी फुटबल क्लब सहित ८ टोलीको भाग लिने भएका छन् ।
आयोजक अन्तरालले बुधवार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागी टोलीको जानकारी दिएको हो।
घरेलु टोली बाँके–११, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, कर्णाली एफसी, सुदूर पश्चिम एफसी, सिलगुढी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघको सहभागिता रहने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता नेपालगन्ज रंगशालामा २०८२ वैशाख ५ गतेदेखि १२ गतेसम्म हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको बताइएको छ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग पुग्ने बताए ।
प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द , एन्फाका निर्वतमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, एन्फाका पूर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
April 29, 2025
रविन्द्र वाईबा, हेटौंडा मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हेटौंडामा मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले […]
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन […]
April 28, 2025
नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]