3 weeks ago
April 9, 2025
सुमन अधिकारी,बुटवल
कपिलवस्तुको राइजिङ स्टार क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आयोजक बिस पचहत्तर युवा क्लबलाई बुधवार १-० ले हराउँदै राइजिङ उपाधि नजिक पुगेको छ।
सिद्घेश्वरी खेल मैदानमा सुरुवातबाट नै आक्रमक खेलमा दुबै टोलीले केहि अवसर गुमाए। खेलको ५५ औं मिनेटमा भूमिका बुढाथोकीले गरेको गोल राइजिङका लागि निर्णायक बन्यो । भूमिका बुढाथोकी प्लेयर अफ दी म्याच घोषित भइन्।
भारत मणिपुरको एमएससी र वालिङको ट्रिनेटी युवा क्लबबीच बिहीवार दोस्रो सेमिफाइनल हुनेछ।
एसियन थाई फुड प्रालिको (प्रीति) मुख्य प्रायोजन रहेको प्रतियोगितामा बुटवल उपहानगरपालिकाको संरक्षक रहेको छ। प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन […]
April 28, 2025
नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि ३० खेलाडी डाकिएका छन्। टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ । नेपालले जेठ २२ गते (जुन ५) हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ । […]