1 week ago
April 9, 2025
काठमाडौं( हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।
दुवै टोली दोस्रो जितको खोजीमा थिए। तर पहिलो हाफमा दुवै टिमले उत्साहजनक प्रदर्शन गर्न सकेनन्। उत्कृष्ट मुभ बन्न नसक्दा पहिलो हाफ फितलो रहयो। तुलनात्मक रूपमा धनगढीले केहि मौका सिर्जना गर्यो।
खेलको आठौं मिनेटमा पोखराले अग्रता बनाउने मौकालाई सदुपयोग गर्न सकेन्। सुरज ज्यु ठकुरीको क्रसमा समिर तामाङको फ्रि हेडर क्रसबार माथीबाट बाहिरियो।
१२ औं मिनेटमा धनगढी पनि चुक्यो। सर्जियो बारबोजाको क्रसमा दीपेश राईले बललाई भेट्टाउन सकेन्। ३५ औं मिनेटमा सर्जियोले पहिलो बारमा हानेको प्रहारलाई पोखराका गोल रक्षक गिलेम प्रिसोले उत्कृष्ट बचावट गरे।
४३ औं मिनेटमा पनि गोलकिपर प्रिसो बाधक बने। रणदीप पौडेलको पासमा बक्स भित्रबाट दीपेश राईले हानेको प्रहारलाई प्रिसोले बचाइदिए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
धनगढीको यो तेस्रो खेल हो। यसअघि उसले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४-१ ले हराएको थियो। दोस्रो खेलमा भने ललितपुर एफसीसँग गोल रहित बराबरीमा रोकिएको थियो। धनगढीसँग ४ अंक रहेको छ।
चौथो खेल खेलिरहेको पोखरासँग ३ अंक रहेको छ। पहिलो खेलमा चितवन एफसीसँग २-० र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग ३-२ ले हारेको थियो।
लगातारको दुई हारपछि पोखराले काठमाडौं रेजर्सलाई २-० ले हराउँदै प्ले अफको संभावनालाई कायमै राखेको थियो।
April 19, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो । गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे । एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल […]
April 19, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबनेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। नेपालगंज रंगशालामा शनिवार भारतको सिलिगुढी एफसीलाई ४-० ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो। पुलिसको जितमा निर्मला उपाध्यायले २, मिना देउवा र कप्तान निरु थापाले समान १ गोल गरिन्। सुमन सुवेदीको प्रशिक्षणमा रहेको पुलिसले सबै गोल पहिलो […]