3 weeks ago
April 9, 2025
एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डको स्वागत गर्दैछ ।
‘हामीले राम्रो खेलेका थियौं तर एकदमै राम्रो टोलीसँग हार्यौं” बार्सिलोनासँगको घरेलु मैदानमा मा ३-२ को हारपछि बोरुसिया डर्टमन्डका मिडफिल्डर जियोभानी रेइना भनेका थिए ।
यो सिजनको लिग चरणको डिसेम्बरमा भएको त्यो भिडन्तपछि डर्टमुन्डमा परिवर्तन भएको छ। सबैभन्दा ठूलो परिवर्तन भनेको नुरी शाहिनको ठाउँमा नयाँ प्रशिक्षक निको कोभाचको आगमन हो।
कोभाचको बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकसँग विशेष सम्बन्ध छ। उनीहरूले २०१८/१९ मा बायर्न म्युनिखमा सँगै काम गरेका थिए। ‘उनी मेरो सहायक थिए,’ कोभाचले सम्झिए, ‘र अहिले हामी एक-अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछौं।’
बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की लागि डर्टमुन्ड नौलो टोली होइन। उनले २०१४ देखि २०१८ सम्म त्यहि टोलीका खेलेका थिए ।
त्यसपछि बायर्न म्युनिखमा रहँदा बारम्बार आफ्नै पूरानो क्लबलाई सताएका थिए। तर यो सिजनको च्याम्पियन्स लिगमा उनले आफ्ना टोलीका साथी राफिन्हाभन्दा केही ओझेलमा परेका छन्।
ब्राजिली फरवार्ड राफिन्हाले ११ गोल गर्दै प्रतियोगितामा शीर्ष स्थानमा छन् । लेवान्डोवस्कीले ९ गोल गरेका छन् । डर्टमन्डका सेरहाउ गुइरासीले १० गोल गरेका छन् ।
डर्टमुन्डले बार्सिलोनाविरुद्ध अहिलेसम्म ५ खेल खेलेको छ । त्यसमा कुनै खेल जितेको छैन। २ खेलमा बराबरी र ३ खेलमा बार्सिलोना विजयी भएको थियो।
पेरिस सेन्ट जर्मन र एस्टन भिल्लाबीच पनि क्वाटरफाइनलको पहिलो लेग हुनेछ। मंगलवार आर्सनलले रियल म्याड्रिडलाई ३-० र इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको थियो।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]