3 weeks ago
April 9, 2025
एजेन्सी – युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आज पेरिस सेन्ट जर्मेन (पिएसजी) र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्नेछन्।
भिल्लाले एनफिल्डमा पेनाल्टी सुटआउटमा लिभरपुललाई हराएपछि टोलीका प्रशिक्षक आर्ने स्लटले भनेका थिए ‘मैले अहिलेसम्म हेरेको सबैभन्दा राम्रो खेल हो यो ।’
त्यहि भिल्लाले आज लुइस एनरिकको पिएसजीको सामना गर्नेछ। पिएसजी च्याम्पियन्स लिगको उपाधिका दाबेदारका रुपमा देखिएको छ।
भिल्लाविरुद्धको पहिलो भेटमा त्यसलाई प्रमाणित गर्ने प्रयासमा टोली हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
भिल्ला प्रिमियर लिग तालिकामा शीर्ष स्थानको लिभरपुलभन्दा धेरै तल छ । तर पनि टोलीलाई कमजोर आक्न मिल्दैन। कप्तान मार्किन्होस भन्छन्, ‘हामी क्वाटरफाइनलमा छौं र अर्को कठिन प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ।’
एस्टन भिल्ला पहिलो पटक पेरिस जाँदैछ । तर प्रशिक्षक उनाई एमरी पेरिसको पार्क दे प्रिन्स स्टेडियमसँग परिचित छन् । उनी सन् २०१६ देखि २०१८ सम्म पिएजसीको प्रशिक्षक थिए। उनले एक लिग उपाधि, दुई फ्रेन्च कप र दुई लिग कप जिताएका थिए।
यो सिजन भिल्ला फ्रान्समा (मोनाकोसँह १-०) हारिसकेको छ । तर च्याम्पियन्स लिगको नयाँ टोली युरोपियन प्रतिस्पर्धामा आफूलाई अब्बल प्रमाणित गर्न प्रयास गर्नेछ ।
१९८२ मा युरोपियन कप विजेता बनेको एस्टन भिल्ला १९८३ मा पछिल्लो पटक च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको थियो। युभेन्टससँग समग्रमा ५-२ ले पराजित भएको थियो । ४१ वर्षपछि टोली पहिलो पटक क्वाटरफाइनल खेल्नेछ।
अर्को क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना र बरुसिया डर्टमन्ड बीच प्रतिस्पर्धा हुनेछ।
मंगलवार आर्सनलले रियल म्याड्रिडलाई ३-० र इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको थियो।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]