default_image

2 weeks ago

April 9, 2025

इन्टरले बायर्नलाई हरायो

1288 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानले खेलको अन्त्यतिर गोल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बलियो बनाएको छ‌ ।

इन्टरले क्वाटरफाइनलको पहिलो लेगमा मंगलवार घरेलु टोली बायर्न म्युनिखलाई २-१ ले हराएको छ।

बायर्नले सुरुआती ३० मिनेटसम्म खेलमा पूर्ण नियन्त्रणमा राख्यो। इङ्ल्यान्डका कप्तान ह्यारी केनले गोलपोस्टको दाहिने कुनामा बल प्रहार गरे । तर सफल भएनन्।

त्यसपछि इन्टरले आफ्नो पहिलो प्रहारबाट नै अग्रता लियो। ३८औं मिनेटमा उत्कृष्ट टिम मुभपछि लुटारो मार्टिनेजले गोल गरे ।

८५औं मिनेटमा बायर्नका परिवर्तित खेलाडी थोमस मुलरले बराबरी गोल गरे । त्यसले हारबाट बायर्नलाई जोगाउने सम्भावना थियो ।

तर ८८ औं मिनेटमा काउन्टर अट्याकमा डाभिडे फ्रात्तेसीले गोल गरेपछि इन्टर विजयी भयो। जसले इन्टरलाई जर्मनीबाट महत्त्वपूर्ण अग्रता लिएर फर्कनेछ ।

यो हारसँगै बायर्नको च्याम्पियन्स लिगमा घरेलु मैदानमा २२ खेलको अपराजित यात्राको पनि अन्त्य भएको छ।
अर्को क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० ले हराएको छ।

April 21, 2025

रियलको जितमा उपाधि दौड रोचक

एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]

April 21, 2025

लिभरपुलको जित

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधिको नजिक पुगेको छ। उपाधि यात्रालाई थप मजबुत बनाउने क्रममा लिभरपुलले आइतवार लेस्टर सिटीलाई १-० ले हरायो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ट्रेण्ट अलेक्ज्याण्डर-अर्नोल्डको गोलमा लिभरपुल विजयी भयो । लेस्टर रेलिगेसनमा पर्यो । चोटमुक्त भएर फर्केका अलेक्ज्याण्डर-अर्नोल्डले छोटो समयमै प्रभाव पार्दै ७६औं मिनेटमा शक्तिशाली भलिमा गोल गरे […]

April 20, 2025

आर्सनलको सानदार जित

एजेन्सी – लियान्द्रो ट्रोसर्डको २ गोलले आर्सनलले १० खेलाडीमा सिमित इप्सविच टाउनलाई ४–० ले हराएको छ । बेल्जियन फरवार्ड ट्रोसर्डले १४ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । त्यसपछि गेब्रियल मार्टिनेलीले ३० मिनेटमा दोस्रो गोल थपे। ३२ औं मिनेटमा लाइफ डेभिसले बुकायो साकामाथि ट्याकल गरेपछि रातो कार्ड पाए र इप्स्विच १० खेलाडीमा सिमित भयो। ६९ […]

Success

Thank you for your time.