2 weeks ago
April 9, 2025
एजेन्सी – डेक्लान राइसले दोस्रो हाफमा फ्रिकिकमार्फत उत्कृष्ट २ गोल गरेपछि आर्सनललाई च्याम्पियन्स लिगको सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ।
एमिरेट्स स्टेडियममा मंगलवार आर्सनलले क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई ३-० ले हराएको छ।
आर्सनलले सुरुवातमै रियलको पेनाल्टी क्षेत्रभित्र केहि खतरनाक क्रसहरु गर्दै दबाब दिएको थियो । २०औं मिनेटसम्म रियलले मौका बनाउन सकेन । पहिलो मौकाका रुपमा भिनिसियस जुनियरको प्रहार पोस्टको बाहिर गयो।
तर दोस्रो हाफमा राइसले आर्सनलका लागि खेल नियन्त्रण लिए। आर्सनलले ५८औं मिनेटमा अग्रता लियो।
राइसले उत्कृष्ट फ्रि-किकमार्फत रियलको पर्खाल घुमाउँदै गोल गरे । ७०औं मिनेटपछि राइसले दोस्रो गोल पनि त्यतिकै सानदार फ्रिकिक मार्फत गरे ।
७५ औं मिनेटमा मिकेल मेरिनोले क्रसमा आएको बललाई उत्कृष्ट फिनिस गरे । इन्ज्युरी समयमा रियल १० खेलाडीमा सिमित भएको थियो। एडुआर्डो क्यामाभिङ्गा दोस्रो पहेंलो कार्ड पाएपछि मैदानबाट बाहिरिए।
आर्सनल २००८/०९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग साविक विजेता रियलको मैदानमा हुनेछ।
अर्को क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको छ।
April 23, 2025
एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ। मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई पुनः७ अंकले बढाएको छ।दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो । स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन। […]
April 22, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद )- विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पुलिस अन्तिम दुईमा पुगेको हो। पेनाल्टी सुट आउटमा बराबरीपछि पुलिस फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको […]
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र धनगढी एफसीबीच भएको पहिलो क्वालिफायर खेलमा रातो कार्ड प्राप्त गरेका मिडफिल्डर मणि लामाले फाइनल खेल्न पाउने भएका छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटीलाई पत्र लेख्दै मणिले उक्त खेलमा पाएको रातो कार्ड रद्द गर्दै फाइनलका लागि उनी खेल्न […]