1 week ago
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडलेसहिद स्मारक बी डिभिजन लिगमा लगातार पाँचौं खेल जितेको छ।
प्लानिङ ब्वाइजले आज सरस्वती युथ क्लबलाई ३-० को सहज नतिजामा हरायो।
एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले पकड बनायो्। दोस्रो मिनेटमा नै सुजन डंगोलको गोलमा प्लानिङ ब्वाइजले अग्रता बनायो। पहिलो हाफमा १-० को नतिजामा सकियो।
दोस्रो हाफमा सरस्वती युथ क्लव खेलमा फर्कन सकेन। यता प्लानिङ ब्वाइजले दुई गोल थप्यो। ७३ औं मिनेटमा सरोज कार्की डोलीले अग्रता दुगुना गरे। यसपछि ८२ औं मिनेटमा फागु राम थारूले पनि गोल गरे।
लगातार पाँचौं खेलको जितमा १५ अंक सहित प्लानिङ ब्वाइज लिगको शीर्षस्थानमा कायमै रहेको छ। सरस्वतीको यो तेस्रो हार हो। पाँच खेलबाट उससँग ६ अंक रहेको छ।
आजै भएको अर्को खेलमा लिगको पुछारमा रहेको नयांवस्ती युथ क्लबले वीरगन्ज युनाइटेडलाई १-० ले स्तब्ध बनाएको छ।
यो नयांवस्तीको पहिलो जित हो। नयांवस्तीको जितमा खेलको इन्ज्युरी समयमा श्री कृष्ण तामाङले एक मात्र निर्णायक गोल गरे।
पाँचौ खेलमा पहिलो जित निकालेको नयांवस्तीले ५ अंक बनाएको छ। वीरगन्जको भने यो पहिलो हार हो्। उसकल ८ अंक छ।
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]