1 week ago
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेको बुटवल लुम्बिनीलाई हराउँदै काठमाडौं रेजर्सले सिजनको पहिलो जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा १० खेलाडीमा सम्मिलित बुटवललाई १-० ले हराउँदै काठमाडौंले सिजनको पहिलो ३ अंक जोडेको हो ।
अन्तिम समयमा अमाडु डियोपले गोल गर्द बुटवल हारको सामना गर्न पुगेको हो । बुटवलका लागि गोलरक्षक दीप कार्कीले झन्डै दर्जन प्रहार विफल पारेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
दुवैतर्फ गोलरक्षकले उच्च प्रदर्शन गरे । विशेषगरी काठमाडौंले सिर्जना गरेको दर्जन बढी अवसरलाई गोलरक्षक दीपले विफल पारेका थिए । पहिलो हाफमा काठमाडौंका गोलरक्षक अभिषेक बराल व्यस्त रहेपनि दोस्रो हाफमा उनको टोलीले आक्रमणमा पाएको अवसर सदुपयोग गर्न सकेन ।
खेलको सुरुवाती समयमा नै काठमाडौंले गोलको दुई अवसर सिर्जना गर्यो । तर फरवार्ड बया टुरेले गरेको दुवै प्रहार गोलरक्षक दीपले बचाए ।
त्यसपछि पाँचौ मिनेटमा बुटवलका मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । उनले निअर पोस्टमा गरेको प्रहारमा गोलरक्षक अभिषेक बराल बिट भएपनि पोस्ट बाधक बन्यो ।
१२ औं मिनेटमा दीपले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित नै राखे । अमाडु डियोपले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई दीपले अघि बढेर विफल पारेका थिए । उक्त रिबाउन्डबाट डियोपले नै निर्माण गरेको आक्रमणमा दीपले पुन: अर्को उत्कृष्ट बचाउ गर्दै बुटवलको क्लिन सिट कायम राखे ।
३२ औं मिनेटमा काठमाडौंको अर्को प्रयास सफल हुन सकेन । बुया टुरेको कटब्याकमा भिन्सेन्ट कोजिएलोको प्रयास बलमा राम्रो सम्पर्क हुन नसक्दा पोस्टतर्फ जान सकेन ।
३८ औं मिनेटमा काठमाडौंका गोलरक्षक अभिषेकले पनि उत्कृष्ट बचाउ गरे । केन्ट हाराले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई अभिषेकले बचाएपछि बल पोस्टमा लागेर बाहिरियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा दीपले अर्को उत्कृष्ट बचाउ गरे । डियोपले प्रहार गर्ने क्रममा ट्याकल लागेपछि फुस्किएको बलमा बुया टुरेले वन भर्सेस वनमा गरेको प्रहार दीपले विफल पारे । लगत्तै बुया टुरेले फ्रिकिकबाट निर्माण भएको अर्को अवसर पनि सदुपयोग गर्न सकेनन् ।
५३ औं मिनेटमा काठमाडौं रेजर्सका लागि क्रसबार बाधक बन्यो । डियोपले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक दीप बिट भएपनि क्रसबारमा ठोक्किएर बल बाहिरियो । ५८ औं मिनेटमा बुया टुरेले अवसर सदुपयोग गर्न नसक्दा काठमाडौं अघि बढेन ।
७१ औं मिनेटमा बुटवल १० खेलाडीमा समेटियो । डिफेन्डर सुमन श्रेष्ठले कर्नर लिने क्रममा काठमाडौंका अलिजोनलाई मुक्का हानेपछि रेफ्री प्रज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाएका थिए । त्यसअघि पनि सुमनले काठमाडौंका डियोपसँग भनाभन गर्दा ४ खेलाडीले पहेंलो कार्ड पाएका थिए ।
७७ औं मिनेटमा दीपले लगातार तीन प्रहार बचाउँदै काठमाडौंलाई अग्रता लिन दिएनन् । कोजिएलो र जिलेस्पी जंग कार्कीको बक्स भित्रको प्रहार बचाएका उनले रिवाउन्डमा बाकारी मानेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टमाथि पन्च गरिदिए ।
८७ औं मिनेटमा दीपले अर्को वन भर्सेस वनको बचाउ गरे । आशिष चापागाईंको प्रहारलाई उनले विफल पारे । त्यसको अर्को मिनेटमा नै डियोपले काठमाडौंलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा दीपले डाइभ दिएपनि बटम कर्नरमा गोल भयो ।
इन्ज्युरी समयमा दीपले डियोपलाई १ भर्सेस वनमा पुन: रोक्दै गोलअन्तर बढ्न दिएनन् । लगत्तै उनले जिलेस्पी जंग कार्कीको प्रहार पनि रोके ।
यस नतिजासँगै बुटवल ४ खेलमा १ अंकका साथ प्लेअफ समिकरणबाट बाहिरिएको छ । काठमाडौं भने ४ खेलमै ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]