default_image

8 years ago

February 27, 2017

संकटासँग एपिएफ फेरी पराजित, संकटा तिलोत्तमाको सेमिफाइनलमा

74 views

0 Bookmark

दिपक न्यौपाने (बुटबल) – सिएमजी क्लब संकटाले लगातार दोस्रो हप्ता पनि नेपाल एपिएफ क्लबलाई हराएको छ । थप समयमा बालो मउसाको निर्णायक गोलमा सोमबार एपिएफलाई २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ ।

sankata

अघिल्लो सोमबार पनि १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा संकटाले एपिएफलाई १–० ले हराएको थियो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा थप समयको १५ औं मिनेटमा मउसाले निर्णायक गोल गरेक थिए । सजिन थापाको पासमा मोउसाले गोल गरेका हुन् । १–१ को बराबरीपछि २० मिनेटमा समय थप गरिएको थियो । त्यसअघि आजयी मार्टिन्सको गोलमा संकटाले लिएको अग्रता जोगाउन सकेन । ४९ औं मिनेटमा उनले हेडमार्फत गोल गरेका थिए । ६९ औं मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेललाई १–१ को बराबरी गरेका थिए ।

sankata-second

रविले नवीन लामाको पासमा हेड गोल गरेका थिए । संकटाका मउसा खेलको म्यान अफ दी म्याच घोषित भए । पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण पदक जितेयता एपिएफले लगातार आठ खेल हारेको थियो । सबै खेलमा टोली पहिलो खेलबाट पराजित भएको थियो । बुटवल आइपुगेर भने एपिएफको हारको सिलसिला टुंगिएको थियो । एपिएफले भारत कालिङपोङको सेरे एफसीलाई १–० ले हराउँदै अघि बढेको थियो । तर, फेरी सोमबारको खेलमा पराजित हुँदै टोली तिलोत्तमा गोल्ड कपबाट बाहिरिएको छ । संकटाले अब हिमालन शेर्पा क्लबसँग सेमिफाइनल खेल्नेछ ।

apf

आयोजक अग्नी रुपन्देही ११ र हिमालयन शेर्पा क्लब यसअघि नै तिलोत्तमा गोल्ड कपको सेमिफाइनल पुगिसकेका छन् । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

फोटो – मनोज थापा

January 10, 2025

महिला लिगमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

Success

Thank you for your time.