default_image

1 week ago

April 8, 2025

आर्सनलले रियललाई रोक्न सक्ला ?

955 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड लगातार पाँचौं सिजन युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस प्रिमियर लिग क्लबको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ

अघिल्ला सिजनहरूमा लिभरपुल, चेल्सी (दुईपटक) र म्यानचेस्टर सिटीले रियललाई नकआउट गर्न सकेनन् । यसपटकले रियलविरुद्ध आर्सनलले कस्तो प्रदर्शन गर्नेछ त्यो चासो विषय हुनेछ।

बुकायो साकाको चोटपछि पुनरागमनले आर्सनललाई बलियो बनाउनेछ ।  गेब्रियलको अनुपस्थितिले केही असर पार्न सक्छ।

इतिहास हेर्दा पहिलो लेग आर्सनलका लागि निर्णायक हुन सक्छ । किनभने आर्सनलले अन्तिम ७ युरोपियन कप/च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा कहिल्यै हार बेहोरेका छैन । 

साथै युइएफए प्रतियोगिताका घरेलु खेलमा पछिल्ला १६ खेलसम्म अपराजित छन्। सन् २००५/०६ मा रियलविरुद्धको एक मात्र भेटमा आर्सनलले समग्रमा १-० को जित निकालेको थियो ।

रियलको हालको प्रदर्शन स्थिर छैन। पछिल्ला ५ अवे खेलमा उनीहरूले जम्मा ५ गोल गरेका छन् । त्यो पनि सबै गोल पहिलो हाफमा भएको थियो।

लेगानेस, रियल सोसिडाड र भ्यालेन्सियाविरुद्ध ३ खेलमा रियलले ८ गोल खाएका छन्। तर च्याम्पियन्स लिगमा रियलले असाधारण  प्रदर्शन गर्ने गरेको छ ।  एट्लेटिको म्याड्रिडविरुद्धको राउन्ड अफ १६ को कठिन जित मा देखिएको थियो।

यदि रियलले आजको खेलमा विजयी भयो भने च्याम्पियन्स लिग युगमा ( समूह चरण देखि फाइनलसम्म) २ सय खेल जित हासिल गर्ने पहिलो टोली बन्नेछ ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भनेका छन्,’यो मेरो कोचिङ करिअरको अहिलेसम्मकै सबैभन्दा ठूलो खेल हो। २० वर्षपछि यस्तो अवसर पाएकोमा हामी उत्साहित छौं। हामी आफैंको कथा निर्माण गर्न चाहन्छौं।’

रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भनेका छन्,’आर्टेटाले आर्सनललाई युरोपको शीर्ष टिम बनाएका छन्। यस्तो अनुभव भएका खेलाडीहरू हुनु यस्तो दबाबपूर्ण मञ्चमा निकै फाइदाजनक हुन्छ।’

आजै अर्को क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ […]

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]

April 15, 2025

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]

Success

Thank you for your time.