2 weeks ago
April 8, 2025
सुनिल गाउँले, सिमरा
हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा सोमबार राति भएको खेलमा अर्को ‘ए’ डिभिजन टोली फ्रेण्डस क्लबलाई १-० ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो।
योसँगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि बुधवार आयोजक नवजनजागृति युवा क्लबसंगको प्रतिस्पर्धा गर्नेछ छ ।
आज पहिलो सेमिफाइनल मच्छिन्द्र फुटबल क्लब र चितवनको हनामी विएफसी भरतपुरसंग हुनेछ ।
नवौं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजो गरेको गोलमा हिमालयन शेर्पाको जितका पर्याप्त बन्यो।
विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्ड उनले गोल गरेका थिए ।
उत्कृष्ट खेल प्रदर्शन गरेपनि फिनिसिङमा चुक्दा फ्रेन्ड्स प्रतियोगिताबाट बाहिरीयो । खेलको छैटौं मिनटमा फ्रेण्ड्सका विशाल ठकुरीले वन भर्सेस वनको स्थिति गुमाए ।
लक्ष्मण रुचालको पासमा विशालले अघि बढाएको बल डिबक्स भित्रैबाट प्रहार गरेका थिए । उनको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका गोलरक्षक विवश चौधरीले रोक्ने मौका पाए ।
खेलको ४४ औं मिनटमा सुशील लामाको प्रहार विफल भयो । डिबक्स भित्रबाट सुशिलले हानेको सशक्त प्रहार हिमालयन शेर्पाका गोलरक्षकले बचाए । हिमालयन शेर्पाका मानबहादुर रानाको मिसपासको फाइदा उठाउँदै सुशीलले आकर्षक अवसर सिर्जना गरेका थिए ।
हिमालयन शेर्पाका रोबर्ट खोङजो ग्रीन इनर्जी म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले पुरस्कार प्रदान गरेका थिए ।
April 19, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो । गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे । एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल […]
April 19, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबनेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। नेपालगंज रंगशालामा शनिवार भारतको सिलिगुढी एफसीलाई ४-० ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो। पुलिसको जितमा निर्मला उपाध्यायले २, मिना देउवा र कप्तान निरु थापाले समान १ गोल गरिन्। सुमन सुवेदीको प्रशिक्षणमा रहेको पुलिसले सबै गोल पहिलो […]