default_image

1 week ago

April 8, 2025

न्युक्यासल पाँचौं स्थानमा उक्लियो

199 views

0 Bookmark

एजेन्सी – न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमवार लेस्टर सिटीलाई ३-० ले हराउँदै युइएफए च्याम्पियन्स लिगमा छनोट हुने आशा बलियो बनाएको छ।

घरेलु मैदान किङ पावर स्टेडियममा हार बेहोरेको लेस्टर रेलिगेसन नजिक पुगेको छ। शीर्ष चारको दौडमा रहेका अन्य टोलीहरुले अंक गुमाएपछि न्युक्यासलले अवसरको फाइदा उठाउँदै तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

ज्याकब मर्फीका खेल सुरु भएको ११ मिनेटमै २ गोल गर्दै न्युक्यासलको पकड बलियो बनाए। मर्फीले पहिलो गोल दोस्रो मिनेटमा नै गरे।

दोस्रो गोल फाबियन स्कारले गरेको प्रहार बारमा लागेर फर्किएपछि मर्फीले गोल गरे।
लेस्टरका पूर्व विङर हार्भी बार्न्सले ३४ औं मिनेटमा तेस्रो गोल गरे । लेस्ट लगातार ८ खेलमा घरेलु मैदानमा गोल गर्न असफल रह्यो।

न्युक्यासल र चौथो स्थानको चेल्सीको समान ५३ अंक भएको छ। एक खेल कम खेलेको न्युक्यासल म्यानचेस्टर सिटीभन्दा एक अंकले अगाडि छ । चेल्सीसँग गोल अन्तरका आधारमा मात्रै पछाडि छ‌। लेस्टर १९ औं स्थानमा छ ।

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ […]

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]

April 15, 2025

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]

Success

Thank you for your time.