3 days ago
April 7, 2025
सुमन अधिकारी,बुटवल
सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ ।
सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो।
पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो । सडेन डेथमा वसन्तपुरकी अनिता गुरुङको प्रहार राइजिङकी गोलकिपरले रोकिन् ।
त्यसअघि पाचौं मिनेटमा रेखा विष्टले डि बक्समा पाएको बललाई गोलमा परिणत गर्दै राइजिङले अग्रता लियो।गरिदिएकि थिइन ।
३६ औं मिनेटमा उमा रानामगरले वसन्तपुरका लागि बराबरी गोल गरिन् । राइजिङकी जस्मिन महतो प्लेयर अफ दी म्याचबाट पुरस्कृत भइन् ।
राइजिङले आयोजक विस पचहत्तर युवा परिवार, बुटवलसंग चैत २७ गरे सेमिफाइनल खेल्नेछ ।
प्रतियोगितामा मंगलवार हेटौडा फुटबल एकेडमी र भारत मणिपुरको एमएससीबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा विस पचहत्तर युवा परिवार बुटवलले आयोजना गरेको प्रतियोगितालाई प्रीति चाउचाउले मुख्य प्रायोजन गरेको छ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]