4 days ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् ।
भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन र शारदा श्रेष्ठ टोलीमा रहेका छन् । सरस्वती, सजनी र मनमाया पनि राष्ट्रिय टोलीमा परिसकेका छन् ।
भर्ती भएका सबै यसअघि करारमा थिए । पुरुष फुटबलतर्फ समिराज ठोकर भर्ती भएका छन् । उनले यसअघि जावलाखेलबाट ए डिभिजन खेलेका थिए ।
भलिबल खेलाडीद्वय रोमा महतो र सरोज भर्देवा, उसुका प्रेम कुमारी आले, अन्जली लुङ्गेली, तेक्वान्दोतर्फ सन्जना घर्तीमगर र अन्जली कुमारी साउद रहेका छन्।
करातेका सञ्जु देसार, महिला क्रिकेटकी रेवती धामी, कबड्डीकी कलावती बिष्ट र एथलेटिक्सकी आड्मा बिक भर्ती भए।
सशस्त्र प्रहरीले दिएको यो अवसर र रोजगारीले खेलाडीहलाई खेलमा मात्र केन्द्रीत हुन मद्दत मिल्छ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]